Madhes Khabar
स्वास्थ्य हेडलाइन

नारायणी अस्पतालमा ५०० बेडकाे भवन निर्माणका लागि माग गर्दै वीरगन्जमा जनमत पार्टीको प्रदर्शन

वीरगन्ज,२५माघःवीरगन्जको नारायणी अस्पतालमा बनाउने भनिएकाे पाँच सय शैयाकाे भवन निर्माणकाे प्रकृया थाल्न माग गर्दै जनमत पार्टीले वीरगन्जमा प्रदर्शन गरेकाे छ।शुक्रबार वीरगन्जको घण्टाघर चाेकमा जनमत पार्टीका नेताकार्यकर्ताले प्ले कार्डसहित प्रदर्शन गरेका हुन्।त्यसक्रममा उनिहरुले घण्टाघर चाेकमै केहिबेर सडक अवरुद्घ पनि पारेपछि प्रहरीले उनिहरुलाई बल प्रयाेग गरेर सडकबाट हटाएको थियाे।

 

सरकारले पाँच वर्षअघि आर्थिक बर्ष २०७५/७६ मा मन्त्रीपरिषदकै बैठकबाट नारायणी अस्पताललाई केन्द्रिय अस्पताल घोषणा गर्दै ५ सय ५० शैयाको पाँच तल्ले भवन निर्माणका लागि बजेटसमेत निकासा गरेको थियो । तर उक्त भवन निर्माणको प्रकृया सुरु नहुदैं शहरी विकास तथा भवन निर्माण विभाग र निर्माण कम्पनि (ठेकेदार) बीचको विवाद सम्बन्धि मुद्धा सर्वोच्च अदालतमा विचाराधिन रहेका कारण पाँच वर्षदेखि अलपत्र अवस्थामा छ ।सर्वोच्च अदालतमा उक्त मुद्दाको अर्काे पेसी यहि माघ २८ गतेका लागि ताेकिएकाे छ।

 

शुक्रबार घण्टाघर चाेकमा जनमत पार्टीले गरेकाे दबाब प्रदर्शनलाई सम्बाेधन गर्दै जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले वीरगन्जसंग शासकले मात्र नभई न्यायलयलेपनि विभेद गरिरहेको बताए ।चार जिल्लाका ३० लाख नागरिकले स्वास्थ्य उपचारकाे सेवा लिदैं आएकाे नारायणी अस्पतालमा सरकारले निर्माण गर्न बजेट निकासा गरिसकेको भवन बारे परेकाे मुद्दा सर्वाेच्च अदालतले ५ बर्षदेखि अल्झाएर राखेकाेमा उनले आक्राेश पाेखे।उनले भने,`यदि माघ २८ काे पेसीमापनि सर्वाेच्चले मुद्दाकाे छिनाेफानाे लगाएन भने हामी हाम्राे अस्पतालका लागि वीरगन्जमा बन्दहडतालका कार्यक्रम समेत गर्छाैं।´

जनमत पार्टीले आफ्नाे दलगत स्वार्थका लागि नभई सम्पूर्ण वीरगन्जबासीका लागि आन्दोलन थालेकाे भन्दै उनले याे आन्दोलनमा सहभागी हुन सम्पूर्ण नगरबासीलाई आह्वान पनि गरे।प्रदर्शनका क्रममा जनमत पार्टीका केन्द्रीय परिषद सदस्य डा. अजय यादव,केन्द्रीय सदस्य नजमा खातुन,नेताहरु राजनारायण मिश्र,सन्जय सिंह लगायतलेपनि सम्बाेधन गरेका थिए।

 

यसअघि माघ १८ गते नारायणी अस्पतालका चिकित्सक,नर्स र स्वास्थ्यकर्मीहरुले पनि अस्पतालकाे भवन सम्बन्धि मुद्दा अदालतबाट छिट्टै छिनाेफानाे लगाउन माग गर्दै सडकमा उत्रिएर त्रिभुवन राजपथ नै अवरुद्ध पारेका थिए ।

Related posts

फिरौती माग्ने अपराधीको गोली लागेर रक्सौलका कपडा व्यापारी दम्पती घाइते

MadhesKhabar

वीरगन्जकाे दशैं मेलामा साेनार समाजद्वारा निशुल्क स्वास्थ्य शीवीर सन्चालन

MadhesKhabar

वीरगन्जको मानव सेवा आश्रममा स्वास्थ्य कार्यालय पर्साले सहयोगमा दियो ४१ प्रकारका औषधि

MadhesKhabar

Leave a Comment