Madhes Khabar
हेडलाइन

फिरौती माग्ने अपराधीको गोली लागेर रक्सौलका कपडा व्यापारी दम्पती घाइते


मधेसखबर
असोज ३१ गते , वीरगञ्ज : अपराधिक गिरोहका हतियारधारी समुहले रक्सौलका एक कपडा व्यापारी र उनकी श्रीमतीमाथि आइतबार राती गोली प्रहार गरेका छन् ।गोली लागेर कपडा व्यापारी दम्पती घाईते भएका छन् ।

रक्सौलको बैंक रोड स्थित मारवाडी पञ्चायती मन्दिर चोकमा रहेको कपडा पसल तुम्दिया टोलाका रमेश तिवारी र उनकी श्रीमती रीना देवीमाथि हतीयारीधारी आक्रमणकारी समुहले गोलि प्रहार गरेका हुन् ।

हाल घाइते दम्पती खतरा मुतm रहेको जनाईएपनि आपराधिकको गोली लागेर घाइते भएका रमेश तिवारी र उनकी श्रीमती रीना देवीको उपचार रक्सौलको एसआरपीमा भईरहेको रक्सौलका एक पत्रकार लव कुमारले जानकारी दिएका छन् ।

हतीयारधारी आक्रमणकारी गोलि चलाउँदा गोली रमेश तिवारीको ढाडमा छोईएर उनकी श्रीमती रीना देवीलाई कम्मरको माथिल्लो दाहिने भागमा गोली लागेको थियो ।

पत्रकार लव कुमारले दिएका अनुसार अनुसार दुवै दम्पती मध्ये रीना देवीको शल्यक्रिया गरी आईसीयूमा उपचार भईरहेको अस्पतालका निर्देशक डा सुजित कुमारले जानकारी गराएको बताए ।

घाईते दम्पतीका आफन्तका अनुसार अपराधीले बारम्बार फिरौती माग्दै आएका थिए ।व्यापारी दम्पती घाईते भएपनि उनीहरुका छोरा विशाल र विकासको भने ज्यान जोगिएको छ । छोरा विशाल बाइकमा सवार थिए, दम्पती पछाडि बसिरहेका थिए भने कान्छो छोरा विकास पछाडि अर्को बाइकमा थिए ।

छोरा विकासका अनुसार अपराधीहरू मोटरसाइकलमा सवार थिए, जो घटना पछि भाग्न सफल भए ।

बैंकरोडबाट मोटरसाइकलमा सवार दम्पती तुम्दिया टोला वडामा रहेको आफ्नो घर फर्कदै गरेको अवस्थामा गोलि प्रहार भएको उनका छोरा विकासले बताए ।

यसअघि केही दिन पहिलेदेखी मात्रै नेपाली मोबाइलबाट व्यापारी दम्पतीसंग पैसा माग्दै आएको घटना बाहिर आएको थियो ।
यस सम्बन्धमा रक्सौल प्रहरी चौकीमा विगतमा लेखिएको थियो । सूचना पाएलगत्तै प्रहरी निरीक्षक नीरज पासवानको नेतृत्वमा प्रहरी टोली सक्रिय भएर अनुसन्धान र छापा मारेको छ ।


प्रहरीले मल गोडाउन रोडस्थित शिव मन्दिर क्षेत्रमा पुगेर घटनास्थलमा अनुसन्धान गरेको थियो जहाँबाट गोली प्रहारमा प्रयोग गरिएको गोला बरामद भएको प्रहरीले जनाएको छ ।

त्यस्तै स्वच्छ रक्सौल संस्थाका अध्यक्ष रञ्जित सिंहले अपराधीलाई पक्राउ गर्न माग गरेका छन् भने सामाजिक अभियन्ता नुरुल्लाह खानले पनि प्रहरीले फोटोनिक अनुसन्धान गरी अपराधीलाई दुई घण्टाभित्र पक्राउ गर्न माग गरेका छन् ।

दिनदहाडै भएको गोलिकाण्डले रक्सौलवासी फेरी त्रसित बनेका छन् ।

 

Related posts

२० वर्ष देखि बन्द वीरगन्ज चिनी कारखाना सञ्चालनको आस

MadhesKhabar

नवनिर्वाचित प्रदेशसभा सदस्य सोनल अस्पतालमा भर्ना

MadhesKhabar

टिकट नपाएपिछ जसपा केन्द्रीय सदस्य बेगमले पनि दिइन् स्वतन्त्र उम्मेदवारी

MadhesKhabar

Leave a Comment