Madhes Khabar
स्वास्थ्य

वीरगन्जको सीता अस्पतालद्वारा स्वास्थ्यकर्मीका लागि हड्डीको सफल उपचार सम्बन्धि तालिम सञ्चालन

वीरगन्ज,२५माघःवीरगन्जमा सीता सुपरस्पेशलिटी हस्पिटल एण्ड रिसर्च सेन्टरको आयोजनामा भाँच्चिएको हड्डीको सफल उपचार सम्बन्धि दुई दिने प्रशिक्षण कार्यक्रम शुक्रबारदेखि सुरु भएको छ ।

वीरगन्ज–४ विर्तास्थित परम्परा पार्टी प्यालेसमा आयोजित तालिममा पर्सा, बारा र रौतहटका गरी ६० भन्दा बढी डाक्टर,नर्स,अहेब लगायतका स्वास्थ्यकर्मीहरुको सहभागिता छ । तालिममा सहभागी स्वास्थ्यकर्मीहरुलाई भियतनाम र कम्बोडिायाका विज्ञ चिकित्सकका साथै प्राध्याापक डाक्टर रमेशप्रसाद सिंह, डाक्टर दिलीप चौरसिया, डाक्टर बिजेन्द्र अधिकारी , डाक्टर मणी विकास लगायतले प्रशिक्षण दिइरहेका छन् ।

सहभागी स्वास्थ्यकर्मीहरुलाई भाँच्चिएको हड्डीको प्लाष्टर कसरी गर्ने,शल्कृया गर्दा कुन कुन विधी अपनाउने,अप्रेशन थिएटर(ओटी) मा औजार र उपकरणको निर्मलीकरण कसरी गर्ने,कुन कुन औजार र उपकरणहरु प्रयोग गर्ने लगायतका विषयमा सैद्धान्तिक र व्यवहारिक ज्ञान दिइने आयोजक सीता सुपरस्पेशलिटी हस्पिटल एण्ड रिसर्च सेन्टरका प्रबन्ध निर्देशक डाक्टर चौरसियाले जानकारी दिए ।

यो दुई दिने प्रशिक्षण लिइसकेपछि स्वास्थ्यकर्मीहरु आँफु कार्यरत स्वास्थ्य संस्थामा हड्डीको सफल उपचारका लागि अझ पोख्त हुने भन्दै चौरसियाले स्वास्थ्यकर्मीहरुको दक्षता अभिवृद्धिका लागि आफ्नो अस्पतालले यस्ता तालिम आगामी दिनमा पनि आयोजना गर्ने बताए ।

Related posts

सरकारी अस्पतालमा बिरामीले भाेग्ने समस्या अध्ययनका लागि मन्त्री यादवले गठन गरे समिति

MadhesKhabar

हप्तामा दुई दिन बिदा भएपनि नारायणी अस्पतालमा आइतबार ओपीडी खुल्ने

MadhesKhabar

सरकारी अस्पतालको ड्युटी छोडेर निजीमा जाने डाक्टरलाई कारबाही गर्छौं : स्वास्थ्यमन्त्री पौडेल

MadhesKhabar

Leave a Comment