Madhes Khabar
धर्म/संस्कृति

बाराको इटियाहीमा १ हजार ११ मु्र्ति स्थापना गरिएको शिवशक्ति कोटी होम महायज्ञ आजदेखि सुरु

वीरगन्ज,२४माघःबाराको विश्रामपुर गाँउपालिका वडा नम्बर ५ इटियाहीमा बिहीबार (आज)देखि श्री शिवशक्ति कोटी होम महायज्ञको विधिवत रुपमा सुरु भएको छ । बिहीबार विश्रामपुर गाँउपालिकाका अध्यक्ष जुल्फकार अली भुट्टो, महायज्ञ मुल समितिका अध्यक्ष शिव शंकर प्रसाद यादव,वडा नम्बर ५ ईटियाहीका वडाध्यक्ष अमिरी गुप्ता र वडा नम्बर २ का वडाध्यक्ष मनोज यादवले संयुक्त रुपमा रिबन काटेर महायज्ञको औपचारिक रुपमा समुद्घाटन गरेका हुन् ।

बिहीबारदेखि औपचारिक रुपमा सुरु महायज्ञको मूल पुजामा १५ जोडी पति–पत्नि जजमान बसेको महायज्ञको प्रचार प्रसार समितिका संयोजक राज सर्राफले जानकारी दिए ।उनका अनुसार, पूजामा महायज्ञ मुल समितिका अध्यक्ष शिवशंकर प्रसाद यादव,गाउँ पालिकाकी उपाध्यक्ष प्रियंका देवी सहितका जजमानहरु बसेका हुन् ।

२२ दिनसम्म चल्ने महायज्ञ परिसरमा मेलापनि लाग्ने सर्राफले जानकारी दिए । महायज्ञ परिसरमा भक्तजनहरुको सुरक्षालाई मध्य नजर गर्दै ९ ओटा सिसि टिभी र २ सय भन्दा बढी स्वंयसेवकहरु परिचालन गरिएको उनले बताए ।

१ हजार ११ वटा विभिन्न देवीदेवताका र्मूी स्थापना गरिएको महायज्ञको अनुमानित लागत खर्च १ करोड ३० लाख रुपैयाँ लाग्ने अनुमान रहेको उनले जानकारी दिए ।महायज्ञ परिसरमा लागेको मेलामा आउने भक्तजनहरुको मनोरञ्जनका लागि पिङ्,मौतका कुवा इत्यादिको ब्यवस्था गरिएको छ भने महायज्ञस्थलमा रामलीला ,रास लिलापनि प्रदर्शन गरिने भएको छ ।

Related posts

तराई मधेसमा आज खिंचडी पर्व मनाइदैं

MadhesKhabar

भाईचारा बढाउन वीरगन्जमा मेयर सिंहले मुस्लिम धर्मावलम्बीहरुलाई गराए संयुक्त इफ्तारी

MadhesKhabar

घडीअर्वामा कानुकाे अध्यक्षतामा छठ पूजा व्यवस्थापन समिति गठन

MadhesKhabar

Leave a Comment