वीरगन्ज,१८माघःपर्सा जिल्लामा यहि माघ २२ गतेदेखि सुरु हुने महिलाको पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको एच.पी.भी.खोप अभियानका विषयमा पोखरिया नगरपालिकामापनि सरोकारवालाहरुसंग अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
पोखरिया नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको पालिका स्तरिय खोप समन्वय समिति तथा सञ्चारकर्मी र सरोकारवालासंगको अभिमुखीकरण कार्यक्रममा खोप अभियानका बारेमा जानकारी गराइएको थियो । कार्यक्रममा स्वास्थ्य शाखाका संयोजक कौशलेन्द्र मिश्रले माघ २२ देखि २८ गतेसम्म चल्ने अभियानमा पोखपरया नगरपालिकाका २ हजार ५ सय बालिका र किशोरीलाई खोप लगाउने लक्ष्य रहेको जानकारी गराए ।
पालिकाका १० वटै वडामा रहेका सबै विद्यालयमा खोपकेन्द्र स्थापना गरेर कक्षा ६ देखि १० सम्मका बालिका र किशोरीहरुलाई खोप लगाइने उनले बताए ।विद्यालय बाहिरका १०देखि १४ख बर्ष उमेर समुहका बालिका र किशोरीलाई स्वास्थ्य संस्थामा खोप लगाइने बताए । छुटेका बालिका र
स्वास्थ्य शाखाका सहसंयोजक शिव पटेलले एच.पी.भी. खोपका बारेमा कुनैपनि भ्रम नराखेर ढुक्क भइ आफना बालिका र किशोरीहरुलाई लगाउन पालिकााबासीसंग आग्रह गरे ।उनले खोप अभियानमा खटिने स्वास्थ्यकर्मीहरुलाई काम गर्ने सहज वातावरण बनाइ दिन पालिकाका जनप्रतिनिधी, शिक्षक, ,राजनीतिकर्मी ,सञ्चारकर्मी , संघसंस्था लगायतलाई आग्रहपनि गरे ।
कर्यक्रममा पोखरिया नगरपालिकााकी उपमेयर रुबी कुमारी ठाकुरलेपनि खोप अभियानलाई पालिकामा सफल पार्न सबैसंग अनुरोध गरिन् ।
मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्षहरु लक्ष्मण साह कानु,नौसाद आलम, प्रमोद गिरी,केदार महतो,प्रमान्नद पटेल, महेन्द्र महतो, कार्यपालिका सदस्य रामबचन महतो,नेपाल रेडक्रस सोसाइटी उपशाखा पोखरियाका सभापति भगवान प्रसाद कुर्मी, नगर प्रहरी प्रमुख दिनेश प्रसाद चौहान, विद्यालयका शिक्षक , स्वास्थ्यकर्मी लगायतकाको सहभागिता रहेको सञ्चारकर्मी शैलेष गुप्ताले जानकारी दिए ।

