Madhes Khabar
शिक्षा

छोराछोरीको पढाई र गतिविधीका बारे हरेक अभिभावकले चासो राख्नु पर्छ : मेयर सिंह

वीरगन्ज,१८माघःवीरगन्ज महानगरपालिका मेयर राजेशमान सिंहले विद्यालय र क्याम्पसमा पढिरहेका आफना छोराछोरीको शिक्षाका बारेमा हरेक अभिभावकले चासो राख्नुपर्नेमा जोड दिएका छन् ।

वीरगन्ज महानगरपालिका–१५ शीरोमणीनगरमा रहेको सेन्टजोन माविको ३१ औं वार्षिकोत्सव समारोहमा प्रमुख अतिथीका रुपमा सम्बोधन गर्दै मेयर सिंहले भने,‘ हरेक अभिभावकले आफ्नो बच्चाको पढाई र गतिविधीप्रति चासो राख्न्ुपर्छ ।पढाईमा आफ्नो बच्चा कुन विषयमा कमजोर छ ? त्यसमा कसरी सुधार गर्न सकिन्छ भनेर शिक्षकलाई भेटेरै सोधपुछ गर्नुपर्छ । त्यस्तै विद्यालय वा कलेज जाँदा उसले के के गर्छ ? कहाँ जान्छ ? यीसब बारेमा अभिभावकले चासो राख्नुपर्छ ।’

बालबालिकाको पहिलो पाठशाला आफ्नै घर भएकाले घरमापनि आमाबुबाले आप्mना छोराछोरीलाई राम्रो संस्कार दिएमा सन्तानको भविष्य उज्वल बन्ने उनले बताए । विद्यालय र क्याम्पसमा शिक्षक–शिक्षिकालेपनि विद्यार्थीहरु मनोविज्ञान बुझेर पठनपाठन गराउनुपर्ने सुझाव उनको थियाो ।

विद्यालयका सन्चालक डा. सरोज सिंहले शिक्षक,विद्यालय व्यवस्थापन समिति, शिक्षक , विद्यार्थी र अभिभावकहरूको पारस्परिकता र सहयोगका आधारमा मात्र विद्यालयको दिगो विकास हुने बताए। सबैको अथक प्रयासले मात्र एउटा बिद्यार्थीको जीवन सफल हुने उनले बताए ।

डाक्टर मोनिका यादव सिंहको अध्यक्षतामा भएको कार्यक्रममा डा.शैलेश ठाकुर,नेकपा एमालेका जिल्ला सचिव महेश दास,डा.कुशराज गिरी,जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सरार्फ,प्रधानाध्यापक शभम तुल्स्यान,वीरगन्ज–४ का वडाध्यक्ष जगत साह कानु ,नेपाल पत्रकार महासंघ पर्साका पुर्व अध्यक्ष अनुप तिवारी,कार्य समिति सदस्य राहुल गुप्ता ,समाजसेवी कमल चौलागाईं,महेश सिंह धामी लगायतकाकोपनि सहभागीता थियो ।

Related posts

वीरगन्जमा ५२ विधार्थीले पाए राउण्ड टेबल नेपालको छात्रवृत्ति 

MadhesKhabar

रौतहटमा एसईईको प्रश्नपत्र आउट गरेर चिट चोराउने ३ जना पक्राउ

MadhesKhabar

पर्साको जनता मावि बढनिहारमा भएको आर्थिक अनियमितता बारे अख्तियारको चासो

MadhesKhabar

Leave a Comment