Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

सहिद दिवसमा वीरगन्जका हिन्दुवादीहरुले सम्झिए स्व. काशीनाथ तिवारीलाई

वीरगन्ज,१६ माघःहिन्दु धर्मको रक्षार्थ र नेपाललाई हिन्दु राष्ट्र घोषणा गराउनका लागि अनवरत रुपमा लागेकै बेला वीरगन्जमा गोली हानी हत्या गरिएका स्वर्गीय काशीनाथ तिवारीको शालीकमा सहिद दिवसका दिन आज(बुधबार) श्रद्धान्जली कार्यक्रम गरिएको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १० अशोकवाटिकाको शम्सानघाट छेउमा स्थापना गरिएको स्व. तिवारीको शालिकमा आज नेपाल जनता पार्टीको आयोजनामा श्रद्धान्जली कार्यक्रम गरिएको हो ।

हिन्दू युवा संघका संस्थापक केन्द्रीय अध्यक्ष तिवारीको तत्कालीन नेकपा माओवादीले २०६७ साल असार १३ गते शम्सानघाटमै रहेको शीवपार्वती मठमा गोली हानी हत्या गरेको थियो । तिवारीको हत्याभएपछि जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको राजनीतिक दल र जिल्लाका सुरक्षा प्रमुखहरुको बैठकमा तिवारीलाई सहिद घोषणा गर्ने सहमती गरी गृह मंत्रालयमा पत्र नै पठाईएको थियो । तर उक्त सहमति भएको १४ बर्ष बितिसक्दापनि स्व. तिवारीलाई हाल सम्म सरकारले सहिद घोषणा नगरेको छैन । यद्यपि हिन्दूवादी दल र संघ–संस्थाले भने स्वर्गीय तिवारीलाई हिन्दू शहीदको रुपमा सम्मान गर्दै आएका छन्।

बुधबार सहिद दिवसका दिन स्व. तिवारीको सालिकमा वीरगन्ज महानगरपालिकाको सहयोगमा सरसफाई गरेर स्व. तिवारीको शालिकमा माल्यार्पण गरेर श्रद्धान्जली अर्पण गरिएको नेपाल जनता पार्टीका केन्द्रिय वरिष्ठ नेता सन्तोषानन्द महाराजले बताए ।

स्वर्गीय तिवारीले सनातन धर्म रक्षाको लागी गरेको अमूल्य योगदानको कदर गर्दे आज सहिद दिवसका दिन नेपाल जनता पार्टी पर्साले आयोजना गरेको श्रदान्जली कार्यक्रममा स्व. तिवारीकी पत्नी बबीता तिवारी सहित परिवारका सदस्यलाई सम्मानितपनि गरिएको उनले बताए । नेपाल जनता पार्टी पर्सा जिल्लाका अध्यक्ष अनिल कुर्मीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय वरिष्ठ नेता संतोषानन्द महाराज, केन्द्रीय सदस्यहरु विनोद कुर्मी, पारस द्धिवेदी,शिक्षाप्रेमी राजेन्द्र सिंह,पार्टीका पर्सा जिल्ला उपाध्यक्ष धीरज साह कानुसदस्यहरु प्रमोद शर्मा, सुमंीत कुमार दीप कुमार, अंशु कुमार प्रजापति,सन्तोष कुशवाहा, बहुदरमाई नगरपालिका संयोजक मुना साह तेली लगायतकाकोपनि सहभागीता रहेको थियो ।

Related posts

जसपाले मन्त्री फेर्न लागेको भन्ने हल्लामा सत्यता छैन : खानेपानीमन्त्री यादव

MadhesKhabar

लैंगिक समानता र समावेशीकरणका लागि मधेस प्रदेशका पालिकाहरुले चासो नदेखाएको गुनासो

MadhesKhabar

समाचारकाे प्रभाव : पर्साकाे एक सरकारी स्कुलमा नेविसंघद्वारा पंखा सहयाेग

MadhesKhabar

Leave a Comment