Madhes Khabar
धर्म/संस्कृति

अन्तरिक्षबाट यस्तो देखियो प्रयागराजको महाकुम्भ मेला

काठमाडौं,१४माघःनासाका अन्तरिक्षयात्री डोनाल्ड पेटिटले हालै अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आइएसएस)बाट खिचिएका महाकुम्भ मेलाको तस्बिरहरू साझा गरेका छन्।

सामाजिक सञ्जाल एक्समा गरिएको आफ्नो पोस्टमा पेटिटले टिप्पणी गरेका छन्, ‘२०२५ महाकुम्भ मेला गंगा नदी तीर्थयात्रा आइएसएसबाट रातको समयमा । संसारको सबैभन्दा ठुलो मानव जमघट निकै उज्यालो छ।’

भरतको प्रयागराजमा चलिरहेको महाकुम्भ मेलामा धार्मिक उत्सवको पहिलो १४ दिनमा नै ११ करोडभन्दा बढी मानिस सहभागी भइसकेका छन्। यसले महाकुम्भलाई विश्वको सबैभन्दा ठूलो आध्यात्मिक जमघटको रूपमा चिनाएको छ।

प्रत्येक १२ वर्षमा हुने यस कार्यक्रमले सन् २०२५ फेब्रुअरी २६ मा यसको समापन नभएसम्म ठुलो भिडलाई आकर्षित गर्न जारी राख्ने अपेक्षा गरिएको छ।

तीर्थयात्रीहरू गंगा, यमुना र सरस्वती (अहिले लोप भएको) नदीहरूको संगमस्थलमा पाप पखाल्ने र मोक्षको बाटो खोल्ने विश्वास गरिएको अनुष्ठानिक स्नानका लागि यात्रा गर्छन्। यो ‘पवित्र स्नान’ सनातन धर्ममा निहित पर्वको आध्यात्मिक महत्त्वको केन्द्रविन्दु हो।

यो जमघट खगोलीय पंक्तिबद्धताको समयमा हुन्छ जसले आध्यात्मिक शुद्धीकरण र भक्तिका लागि दुर्लभ र शुभ अवसर सिर्जना गर्छ। उत्सव जारी रहँदा अधिकारीहरूले जनवरी २९ को मौनी अमावश्यका लागि व्यापक तयारी गरिरहेका छन्। उक्त दिन अझै ठुलो भिडको अपेक्षा गरिएको छ।

यस अवधिमा अनुमानित ४५ करोड आगन्तुकको अपेक्षित उपस्थितिले भारतका लागि एक ऐतिहासिक अवसर बनाउनेछ।साभार ः:अन्नपूर्णपोष्ट

Related posts

वीरगन्जको पशुपतिनाथ मन्दिरमा सोमबार तीन धामका पुजारी बोलाएर महाआरती हुदै

MadhesKhabar

गौरमा उत्खनन गर्दा भेटियो सिम्रौनगढ साम्राज्यका ७ सय वर्ष पुरानो संरचना

MadhesKhabar

वीरगञ्ज उद्योग वाणिज्य सङ्घ द्वारा नारायणी अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण ।

MadhesKhabar

Leave a Comment