वीरगन्ज,१२माघःअन्र्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसि) ले सन् २०२४ को उत्कृष्ट टी–२० टीम घोषणा गरेको छ ।उक्त टिममा भारतका चार जना परेका छन् । उक्त टीमको कप्तानीको जिम्मा भारतीय स्टार ब्याटर रोहित शर्मालाई दिइएको छ ।
रोहितसंगै भारतका जसप्रित बुमराह,अर्शदीप सिंह र हार्दिक पाण्डेयपनि उक्त टीममा परेका छन् । अष्ट्रेलियाबाट भने ट्राभिस हेड मात्रै परेका छन् ।यस्तै पाकिस्तानबाट बाबर आजम,अफगानीस्तानका राशिद खान,वेष्ट इन्डिजबाट निकोलस पुरन,जिम्बाबेका सिकन्दर राजा,श्रीलंकाका वानिन्दु हसरंगापनि उक्त टोलीमा परेका छन् ।

