Madhes Khabar
समाचार

भन्सार दिवसको उपलक्ष्यमा वीरगन्जमा वृक्षारोपण

वीरगन्ज,१०माघः७३ औं अन्र्तराष्ट्रिय भन्सार दिवसको उपलक्ष्यमा वीरगन्जमा बिहीबार वृक्षारोपण गरिएको छ ।वीरगन्ज भन्सार कार्यालयको आयोजनामा वीरगन्ज महानगरपालिका वडा नम्बर १६ स्थित भन्सार क्षेत्रको सडक छेउमा वृक्षारोपण गरिएको हो ।

भन्सार गेटदेखि शंकराचार्य प्रवेशद्वारसम्मको सडक छेउमा विभिन्न प्रजातिका ९० वटा विरुवाहरु रोपिएको हो । वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दिपक लामिछानेको प्रमुख आतिथ्यता तथा सामुदायिक सेवा केन्द्र आदर्शनगरका उपाध्यक्ष संजय शर्माको अध्यक्षतमामा भएको वृक्षारोपण कार्यक्रममा प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठक,राजेन्द्र ढुंगाना,लेखाअधिकृत हृदय नारायण साह लगायतकाकोपनि सहभागीता थियो ।

Related posts

नेता पुर्वेमाथि आक्रमण गर्नेहरुलाई कारबाही गर्न राष्ट्रिय एकता अभियानको माग

MadhesKhabar

झुम्सा आयोजना छिट्टै सकेर बुटवलवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

MadhesKhabar

वीरगन्जको नगवामा घरबाट गाँजा बेच्दैं गरेको अवस्थामा एक बालक पक्राउ

MadhesKhabar

Leave a Comment