Madhes Khabar
स्थानिय

वीरगन्जमा स्कूल बसको ठक्करबाट बाराका साइकल यात्रीको मृत्यु

वीरगन्ज,८माघःवीरगन्जमा मंगलबार स्कुल बसको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ ।मृत्यु हुनेमा बाराको फेटा गाँउपालिका वडा नम्बर ५ का ४५ वर्षीय चोकट भन्ने तैमुदिन मियाँ रहेका छन् ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १६ स्थित बोखार चोकको पूर्व बाइपास सडकमा बिहान १०.३० बजेतिर तेज एकेडेमीको ना ५ ख १५०४ नम्बरको बसले साइकल यात्री मियाँलाई ठक्कर दिँदा उनको घटनास्थलमै यात्रुको मृत्यु भएको हो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका मियाँलाई नारायणी अस्पतालमा पुर्याएलगत्तै चिकित्सकले मृत घोषित गरेको वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक निरोज चौलागाईले जानकारीले दिए । ठक्कर दिने बस र त्यसका चालक देवा पासवानलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको उनले बताए ।

Related posts

वीरगन्ज महानगरले ३ महिनामै उठायो १६ करोड २६ लाख राजस्व

MadhesKhabar

वीरगन्जका विभिन्न वडामा निर्माणाधिन कालोपत्रे सडकको मेयर सिंहद्वारा निरीक्षण

MadhesKhabar

पर्साका सरकारी र निजी अस्पतालका सञ्चालक र व्यवस्थापकलाई सिडिओले छलफलका लागि बाेलाए

MadhesKhabar

Leave a Comment