वीरगन्ज,६माघःवीरगन्ज–१५मा अवस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा नयाँ शैक्षिक सत्रमा भर्ना भएका चिकित्सा शिक्षाका नयाँ विद्यार्थीहरुको स्वागत तथा अभिमुखीकरण कार्यक्रम आइतबार सम्पन्न भएको छ ।
कलेजमा एमएमबीएस ,बिडिएस, विएसी नर्सिङ, विएसी एमआइटी, विएसी एमएलटी र बिएनएस अध्ययनका लागि भर्ना भएका नव आगन्तुक विद्यार्थीहरूको स्वागत गरिनुका साथै कलेजको शैक्षिक वातावरणको अवस्थाबारे जानकारी गराउँदै विद्यार्थीहरूको पढाई र लगनशीलता प्रतिको जिम्मेवारी बोध गराउनका लागि अभिमुखीकरण कार्यक्रम गरिएको हो ।
मेडिकल कलेजका प्रिन्सिपल डा.के.ऐन. सिंहको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथीका रुपमा बोल्दै नेशनल मेडिकल कलेजका अध्यक्ष प्रोफेसर.डा. जेनुद्दिन अन्सारीले नेशनल मेडिकल कलेजले विद्यार्थीहरूको विशिष्ठ क्षमताको पहिचान गरी त्यही अनुसार विद्यार्थीहरूको चौतर्फी विकासका लागि वातावरण बनाउदै आएको बताए ।
कार्यक्रममा मेडिकल कलेजका प्रबन्ध निर्देशक शाहनवाज अन्सारी, बजार निर्देशक अबिद हुसेन अन्सारी , एकेडेमी डाइरेक्टर डा. नुसरत जहाँ अन्सारी,हस्पिटल डाइरेक्टर डा. इश्रत जहाँ, बोर्ड अफ डाइरेक्टर रुबी अस्मिन, भाइस प्रिन्सिपल डा.सरोज प्रसाद देव, डा. रविशंकर गुप्ता, नर्सिङ डाइरेक्टर गंगा गुरुङ सहित अभिभावकको सहभागिता रहेको थियो ।

