Madhes Khabar
समाचार

बलिदानी दिवसमा मधेस सरकारले १ हजार दिएपछि शहिदका परिवारले गरे बवाल

जनकपुरधाम,५माघः मधेस आन्दोलनका प्रथम शहीद रमेश महतोको सम्झनामा आज –शनिबार) माघ ५ गते बलिदानी दिवसमा मधेश सरकारले आयोजना गरेको कार्यक्रममा मधेस आन्दोलनका शहीद परिवारले अवरोध गरेका छन्।

समारोहमा सहभागी गराइएका शहीद परिवारले सरकारबाट आफूहरुलाई अपमानपूर्वक व्यवहार गरिएको आरोप लगाउँदै कार्यक्रम विथोलेका हुन्। उनीहरुले कार्यक्रम स्थलमा नाराबाजी गर्दै सरकारप्रति आक्रोश व्यक्त गरे।

शहीद परिवारका सदस्यहरूले आफूलाई सरकारले रोजगारको आश्वासन दिएर, सम्मान गर्न बोलाएर हेला गरेको बताए। शहिद परिवारका एक सदस्यले भने,‘हामीलाई एक–एक हजार रुपैयाँ थमाएर अपमान गरियो।’मुख्यमन्त्री सतिशकुमार सिंह र अन्य मन्त्रीहरूको उपस्थितिमा भएको कार्यक्रममा शहीद परिवारले आक्रोशपूर्ण प्रतिक्रिया दिएपछि अवस्था तनावपूर्ण बनेको थियो।

तनावलाई शान्त पार्न मुख्यमन्त्री सिंहले शहीद परिवारको मागलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने, ‘तपाईंहरुको आक्रोशलाई हामीले सम्मानका साथ लिएका छौं। व्यवस्थापनको कमजोरीले यस्तो भयो, समस्याहरु समाधान गर्न हामी प्रतिबद्ध छौं।’

मुख्यमन्त्री सिंहले यो वर्ष शहीद परिवार तथा घाइतेहरुका लागि मधेस सरकारले ३ करोड ६१ लाख रुपैयाँ छुटयाएको जनाए । शहीद परिवारलाई प्रदेश सरकारले जनही ३ लाख दिने निर्णय भएको भन्दै उनले आन्दोलनमा गम्भीर घाइते भएकाहरुलाई जनही २ लाख, त्यसपछिका घाइतेहरुलाई क्रमशः जनही डेढ लाख र एक लाख रुपैयाँ दिने निर्णय भएको बताए ।

यसका साथै शहीद परिवारका लागि बीमा कार्यक्रम तथा बच्चाहरुको उच्च शिक्षाका लागि छात्रवृतिको कार्यक्रम पनि समेत अघि सारिएको उनले प्रष्टयाए । कार्यक्रममा सभामुख रामचन्द्र मण्डल, शिक्षा मन्त्री रानी शर्मा तिवारी, गृहमन्त्री राजकुमार लेखी, खेलकुद मन्त्री प्रमोद जैसवाल लगायतकाको सहभागीता थियो ।

 

Related posts

रास्वपाकाे प्रचार प्रसार विभाग प्रमुखमा पत्रकार राम सर्राफ

MadhesKhabar

पर्सामा एमाले निकट निर्माण व्यवसायी परिषद् गठन,अध्यक्षमा जले आलम

MadhesKhabar

मधेसको खानेपानी समाधान गर्न सरकार प्रतिबद्ध छः खानेपानी मन्त्री यादव

MadhesKhabar

Leave a Comment