वीरगन्ज,१माघ:मकर संक्रान्ति अर्थात खिचडी पर्वका दिन मंगलबार वीरगन्जमा हिन्दु स्वयंसेवक संघकाे आयाेजनामासामुहिक खिचडी भाेज कार्यक्रम सम्पन्न भएको छ।
समता ममता र समरसताको पर्व मकर संक्रान्तिको अवसर पारेर वीरगन्जको बाइपास राेडमा अवस्थित केशव धाम प्रांगणमा मंगलबार हिन्दू स्वंय सेवक संघ नेपालले सामुहिक खिचडी भाेज आयाेजना गरेकाे थियाे।
सामुहिक खिचडी भाेजमा दलित र गैरदिलत गरि सबै जात र समुदायका मानिसहरुलाई आमन्त्रण गरेर संगै बसाएर खिचडी खुवाइएकाे थियाे ।
हिन्दू धर्ममा दलित शब्दको कहिकतै उच्चारण नै नभएको र दलित शब्द नेताहरुकाे भाेट बैंक बटुल्ने राजनीतिक शब्दमात्र भएको भन्दै हिन्दू स्वंय सेवक संघले समाजमा सृजना गरिएको दलित र गैरदलितबीचकाे भेदभावलाई हटाउने सन्देश दिन सबै जातिका मानिसलाई संगै राखेर सामुहिक खिचडी खुवाइएकाे जनाएको छ।
हिन्दू धर्म ग्रन्थमा महिला र पुरुष गरि दुई जात मात्र उल्लेख रहेकाले हिन्दू धर्मले जातीय छुवाछुत गर्नै नहुनेमा संघकाे भनाई छ।

