Madhes Khabar
धर्म/संस्कृति

जातीय विभेद हटाउन वीरगन्जमा हिन्दू स्वंय सेवक संघद्वारा सामुहिक खिचडी भाेज

वीरगन्ज,१माघ:मकर संक्रान्ति अर्थात खिचडी पर्वका दिन मंगलबार वीरगन्जमा हिन्दु स्वयंसेवक संघकाे आयाेजनामासामुहिक खिचडी भाेज कार्यक्रम सम्पन्न भएको छ।

समता ममता र समरसताको पर्व मकर संक्रान्तिको अवसर पारेर वीरगन्जको बाइपास राेडमा अवस्थित केशव धाम प्रांगणमा मंगलबार हिन्दू स्वंय सेवक संघ नेपालले सामुहिक खिचडी भाेज आयाेजना गरेकाे थियाे।

सामुहिक खिचडी भाेजमा दलित र गैरदिलत गरि सबै जात र समुदायका मानिसहरुलाई आमन्त्रण गरेर संगै बसाएर खिचडी खुवाइएकाे थियाे ।

हिन्दू धर्ममा दलित शब्दको कहिकतै उच्चारण नै नभएको र दलित शब्द नेताहरुकाे भाेट बैंक बटुल्ने राजनीतिक शब्दमात्र भएको भन्दै हिन्दू स्वंय सेवक संघले समाजमा सृजना गरिएको दलित र गैरदलितबीचकाे भेदभावलाई हटाउने सन्देश दिन सबै जातिका मानिसलाई संगै राखेर सामुहिक खिचडी खुवाइएकाे जनाएको छ।

हिन्दू धर्म ग्रन्थमा महिला र पुरुष गरि दुई जात मात्र उल्लेख रहेकाले हिन्दू धर्मले जातीय छुवाछुत गर्नै नहुनेमा संघकाे भनाई छ।

Related posts

आज हरिशयनी एकादशी, तुलसीकाे बिरुवा सार्ने दिन

MadhesKhabar

विवादास्पद धर्मगुरु आचार्य श्रीनिवास ५ सय जरिवाना तिरेर रिहा

MadhesKhabar

बाराको इटियाहीमा १ हजार ११ मु्र्ति स्थापना गरिएको शिवशक्ति कोटी होम महायज्ञ आजदेखि सुरु

MadhesKhabar

Leave a Comment