Madhes Khabar
मधेस प्रदेश

मधेस:भारतीय बालकलाई अपहरण गरि बन्धक बनाउने ३ जना हतियारसहित पक्राउ

सर्लाही,२९पुस:भारतीय बालकलाई अपहरण गरी बन्धक बनाएको आरोपमा सर्लाहीमा प्रहरीले तीन जनालाई पक्राउ गरेकाे छ।

१५ वर्षीय बालकलाई अपहरण गरी बन्धक बनाएको आरोपमा प्रहरीले एक भारतीयसहित तीन जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सर्लाहीकाे ब्रम्हपुरी–४ का ६८ वर्षीय रामजी साह,त्यही ठाउँका १९ वर्षीय विक्रम पासवान र भारतकाे बिहार राज्यकाे सीतामढी जिल्लाकाे राजवाडा ग्रामपञ्चायत मुसहर्निया टोलका २७ वर्षीय प्रवचन साह पक्राउ रहेका छन्।

उनीहरूको साथबाट कटुवा पेस्तोल एक थान, त्यसमा प्रयोग हुने गोली दुई राउण्ड, धारिलो सानो चक्कु एक थान, हथौडा एक थान र भारतीय नम्बर प्लेटको मोटरसाइकल एक थान बरामद भएको सर्लाहीका प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए।

भारतका एक बालकलाई अपहरण गरी रामजीको घरगोठमा बन्धक बनाएर राखेको सूचना प्रहरीलाई प्राप्त भएको थियो। बन्धक बनाइएका बालकलाई रामजीको घरगोठबाट सकुशल उद्धारपनि गरिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए।

Related posts

सप्तरीमा माओवादी नेताको हत्या आरोपी प्रदेशसभा सदस्य सिंह पक्राउ

MadhesKhabar

मधेस प्रदेशमा २० मन्त्री फेरिए, तर थामिए मुख्यमन्त्री

MadhesKhabar

मधेस सरकारले ल्यायाे ४४ अर्बको बजेट

MadhesKhabar

Leave a Comment