Madhes Khabar
मधेस प्रदेश

सप्तरीमा माओवादी नेताको हत्या आरोपी प्रदेशसभा सदस्य सिंह पक्राउ

राजविराज,१८ भदौं : सप्तरीबाट निर्वाचित प्रदेशसभा सदस्य अनिरुद्धकुमार सिंहलाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको छ । मुलतबी रहेको ज्यान मुद्दाका आरोपी रहेका प्रदेशसभा सदस्य सिंहलाई सोमबार दिउँसो राजविराजबाट नियन्त्रणमा लिइएको सप्तरीका प्रहरी उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

माओवादी नेता गोविन्द चौधरीको हत्यामा संलग्न रहेको घटनामा २०६४ सालदेखि मुल्तबीमा रहेको मुद्दामा सिंहसमेत आरोपी हुन् । प्रहरी उपरीक्षक कार्कीले पक्राउ गरिएका प्रदेशसभा सदस्य सिंहलाई अदालतमा पेस गरिएको बताए ।

विगतमा जनता समाजवादी पार्टीमा रहेका सिंह गत प्रदेशसभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर ४(२) बाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवार भई विजयी भएका थिए ।साभार : ईकान्तिपुरबाट

Related posts

पानी वितरणका लागि मुख्यमन्त्री सिंहले ८ वटा वारुणयन्त्रसहितकाे टाेली वीरगन्जमा पठाए

MadhesKhabar

रौतहटको लालबकैयाको बाढीमा फसेका किसानहरुलाई सेनाले गर्यो उद्धार

MadhesKhabar

आचार संहिता मिचेर चुनाव प्रचारमा भारतीय गाडीको प्रयोग

MadhesKhabar

Leave a Comment