Madhes Khabar
मधेस प्रदेश

सप्तरीमा माओवादी नेताको हत्या आरोपी प्रदेशसभा सदस्य सिंह पक्राउ

राजविराज,१८ भदौं : सप्तरीबाट निर्वाचित प्रदेशसभा सदस्य अनिरुद्धकुमार सिंहलाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको छ । मुलतबी रहेको ज्यान मुद्दाका आरोपी रहेका प्रदेशसभा सदस्य सिंहलाई सोमबार दिउँसो राजविराजबाट नियन्त्रणमा लिइएको सप्तरीका प्रहरी उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

माओवादी नेता गोविन्द चौधरीको हत्यामा संलग्न रहेको घटनामा २०६४ सालदेखि मुल्तबीमा रहेको मुद्दामा सिंहसमेत आरोपी हुन् । प्रहरी उपरीक्षक कार्कीले पक्राउ गरिएका प्रदेशसभा सदस्य सिंहलाई अदालतमा पेस गरिएको बताए ।

विगतमा जनता समाजवादी पार्टीमा रहेका सिंह गत प्रदेशसभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर ४(२) बाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवार भई विजयी भएका थिए ।साभार : ईकान्तिपुरबाट

Related posts

मधेस प्रदेशमा २० मन्त्री फेरिए, तर थामिए मुख्यमन्त्री

MadhesKhabar

कृष्ण जन्माष्टमीकाे मूर्ति बिसर्जनका क्रममा दुई समुदायबिच भएकाे झडपले मलंगवा तनावग्रस्त

MadhesKhabar

सर्लाहीमा प्रहरीको दाँत झार्ने वडाध्यक्ष पक्राउ

MadhesKhabar

Leave a Comment