वीरगन्ज,२६पुसःवीरगन्ज महानगरपालिका वडा नम्बर १० मा नेपाल रेडक्रस सोसाइटी आदर्शनगर उपाशखाको आफनै भभवन बन्ने भएको छ ।
शुक्रबार आयोजित रेडक्रस सोसाइटी आदर्शनगर उपशाखाको ४१ औं अधिवेशनको उद्घाटनसत्रमा प्रमुख अतिथीका रुपमा बोल्दै वडाध्यक्ष सुशील साह कानुले उपशाखाको आफ्नै भवन निर्माणका लागि वडा समितिको कार्यालयले चार लाख रुपैयाँ विनियोजन गरिसकेको जानकारी दिदए । उनले भवन निर्माणको काम अबको एक हप्ताभित्रै सुरु गरिने बताए ।
रेडक्रस उपशाखाको आफनै भवन निर्माण भएपछि रेडक्रसका सेवालाई थप प्रभावकारी र व्यवस्थित बनाउनेछ विश्वास लिएको उनले बताए ।
अशोकवाटिकास्थित शीवपार्वती मठ परिसरमा रहेको आधारभूत स्वास्थ्य चौकी भवनको माथिल्लो तल्लामा रेडक्रस सोसाइटी आदर्शनगर उपशाखाको कार्यालयका लागि दुई वटा कोठा र एउटा सभाकक्ष निर्माण गरिने उपाशाखाका निवर्तमान सभापति सन्तोष गुप्ताले जानकारी गराए । त्यसका लागि वडा कार्यालयले ४ लाख रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिदैं उनले भवन निर्माणमा लाग्ने अपुग रकम दाताहरुबाट जुटाइने बताए ।
उपशाखाका निवर्तमान सभापति गुप्ताको अध्यक्षता तथा वडाध्यक्ष कानुको प्रमुख आतिथ्यतामा भएको अधिवेशनको उद्घाटनसत्रमा विशिष्ट अतिथी पूर्व वडाध्यक्ष रामनगीना साह कानु,घडीअर्वा स्पोट्रर्स क्लबका अध्यक्ष सन्तोष कानु, रेडक्रस सोसाइटी पर्साका सदस्य बबिता गुप्ता, विनोद गिरी, एमालेका युवा नेता अजय गुप्ता लगायतकाकोपनि सहभागीता थियो ।
शुक्रबारनै सम्पन्न हुने अधिवेशनले उपशाखाको नयाँ नेतृत्व चयनसमेत गर्ने निवर्तमान सभापति गुप्ताले जानकारी दिए ।

