Madhes Khabar
धर्म/संस्कृति

भगवान् श्रीराम लालाकाे प्राण प्रतिष्ठाकाे वार्षिकाेत्सवमा वीरगन्जमा भब्य शाेभा यात्रा निकालिने

वीरगन्ज,२५पुस:भारतकाे अयाेध्यामा भगवान् श्रीरामलालाकाे प्राण प्रतिष्ठाकाे पहिलाे वार्षिकोत्सवका अवसरमा वीरगन्जमा शाेभा यात्रा निकालिने भएको छ।

नेपाल जनता पार्टीले वीरगन्जमा आगामी शनिबार शाेभा यात्रा निकाल्न लागेकाे हाे।नेपाल जनता पार्टीका बरिस्ठ नेता सन्ताेषानन्द महाराजका अनुसार,पुस २७ गते शनिबारका दिन वीरगन्जमा शाेभा यात्रा निकाल्न लागिएको हाे।

शनिबार दिउँसो १ बजे जिल्ला प्रहरी कार्यालय पर्सा अगाडिकाे लालबंगला परिसरबाट भगवान् श्रीराम,माता जानकी,भगवान् हनुमानकाे झाँकीसहित सुरु हुने शाेभायात्रा घण्टाघर,माईस्थान,आदर्शनगर,अलखियामठ चाेक,घडिअर्वा हुँदै पुन घण्टाघर चाेकमा पुगेर समापन हुने नेपाल जनता पार्टीका बरिस्ठ नेता सन्ताेषानन्द महाराजले जानकारी दिए।

शाेभायात्राकाे तयारीका लागि नेपाल जनता पार्टीका अगुवाहरुकाे बिहीबार बैठक बसेकाे थियाे।बैठकमा नेपाल जनता पार्टीका केन्द्रीय सदस्यहरु सुरेश साह कानु,विनाेद कार्की,पारस द्विवेदी,पर्सा अध्यक्ष अनिल कुर्मी,उपाध्यक्ष धिरज साह कानु,महामन्त्री नवीन मिश्रा,महिला माेर्चा पर्सा संयाेजक संगीता गुप्ता,युवा माेर्चा संयाेजक दीपक सर्राफ लगायतकाकाे सहभागिता थियाे।

Related posts

विराटनगरमा आज भव्य रथयात्रा निकालिदैं, ६ लाख बढी भक्तजन सहभागी हुने अनुमान

MadhesKhabar

गौ हत्यामा संलग्नहरुलाई तत्काल पक्राउ गरी कारबाही गर्न मधेसी आयोगको माग

MadhesKhabar

वीरगन्ज महानगरको आयोजनामा आज सामुहिक इफ्तार हुँदै,सहभागी हुन मेयर सिंहकाे अपिल

MadhesKhabar

Leave a Comment