
मधेसखबर
वीरगन्ज, १९ बैशाख :पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ४ छटौलीमा स्थानीयलाइ स्वरोजगार बनाउन सीपमुलक तालिम प्रदान गर्ने ग्रामोत्थान रिसोर्स सेन्टर (जिआरसी) श्रीराम जानकी बगियाको शिलान्यास गरिएको छ ।
करिब ३ बिघा जग्गामा निर्माण गर्न लागिएको ग्रामोत्थान रिसोर्स सेन्टरको शिलान्यास ,समाजसेवी एवं व्यवसायी ब्रह्मरन्त अग्रवाल, विश्व हिन्दु परिषदका संयुक्त महामन्त्री बजरंगलाल बागडा र जग्गादाता रामजानकी बगियाका अध्यक्ष रामचन्द्र सर्राफले संयुक्त रुपमा गरेका हुन् ।
छटौलीमा ,एकल विद्यालय फाउनडेशन अफ नेपालले स्थानियवासीको उत्थानका लागि रिसोर्स सेन्टर निर्माण गर्न थालिएको हो ।
उक्त रिसोर्स सेन्टरबाट स्थानियलाई आत्मनिर्भर बनाउन स्वरोजगारको लागि कम्युप्टर, सिलाई कटाई, जैविक खेती गर्ने तरिका बारे तालिम प्रदान गरिने छ।
शिलान्यासपछि आयोजित सभालाई सम्बोधन गर्दै प्रमुख अतिथी समाजसेवी एवं व्यवसायी ब्रह्मरन्त अग्रवालले रिसोर्स सेन्टर स्थापनाका लागि आवश्यक सम्पूर्ण आर्थिक खर्च आफूले नै व्यवहोर्ने प्रतिबद्धता जनाए । उनले हिन्दु धर्म के हो ? त्यो बुझनुपर्ने अहिलेको आवश्यकता रहेको बताए ।

विश्व हिन्दु परिषदका संयुक्त महामन्त्री बजरंगलाल बागडाले हिन्दु जीवन पद्धतीमा आधारीत खेती गर्न सुझाव दिए ।
उनले भने, ‘रासायनिक मलको प्रयोगले माटाको उर्वराशक्ति ह्रास भएर खेतीयोग्य जग्गा बाँझो भईरहेको छ , यो हिन्दु जीवन पद्धती पनि होईन , उर्वरा शक्ती बबढाउको लागि घर घरमा गौं माता पालन गर्ने, गोबरबाट खाद्य उत्पादन गर्ने र गौ मुत्रबाट किटनाश औषधी बनाएर खेती गर्नु नै प्राकृति खेती हो जसलाई जैविक खेती पनि भन्ने गरिन्छ त्यो नै हिन्दु जीवन पद्धती हो ।’
एकल विद्यालय फाउन्डेशनका अध्यक्ष महाबिर घिराईयाले ग्रामोत्थान रिसोर्स सेन्टरले गाउँटोलको मात्र नभई पुरै देशको विकासमा योगदान पु¥याउने विश्वास लिएको बताए ।
एकल विद्यालय मार्फत देशभरी ६० हजार विद्यार्थीहरु अध्ययन गर्छन् । पर्सामा देशको पहिलो केन्द्र बन्न गईरहेको हुनाले केन्द्रको भवन निर्माणमा मातृशक्तीको आवश्यकता रहेकोले यसमा सहयोग पु¥याउँन अपिल समेत उनले गरे ।
कार्यक्रममा विभाग संघचालक अशोक बैद्य, वीरगन्ज च्याप्टरका अध्यक्ष प्रदीप केडिया, जिआरसी ग्राम अध्यक्ष तेतरी माझी, उपाध्यक्ष रामचन्द्र चौधरी, कमल महतो, विश्व हिन्दु परिषदका प्रहलाद रेग्मी, जितेन्द्र कुमार सिंह लगायतको सहभागिता रहेको थियो ।

