Madhes Khabar
धर्म/संस्कृति

घडिअर्वाकाे श्रीरामजानकी मन्दिरमा बैशाख ५ गते रामनवमी महाेत्सव मनाइने

वीरगन्ज,२९चैत:वीरगन्ज महानपालिका वडा नम्बर १० घडिअर्वास्थित श्रीरामजानकी मन्दिरमापनि बैशाख ५ गते रामनवमीका महाेत्सव आयाेजना गरिने भएकाे छ।बिहीबार बसेकाे श्रीरामजानकी मन्दिर समितिकाे ब‌ैठकले बैशाख ५ गते बुधबारका दिन रामनवमी एंव शाेभा यात्रा महाेत्सव बनाउने निर्णय गरेकाे हाे।

उक्त दिन श्रीरामजानकी मन्दिर परिसरबाट बिहान ७ बजे झाँकीसहित भव्य शाेभा यात्रा निकालेर नगर परिक्रमा गरिने, बिहान ११ बजेदेखि मन्दिर परिसरमै भजनकिर्तन गरिने,दिउँसो १२ बजेदेखि श्रीराम उत्सवकाे प्रसाद वितरण गरिनेछ।

यस्तै त्यही दिन साँझ ४ बजेदेखि मन्दिर परिसरमा रामयण झाँकी प्रदर्शन गरिने,साँझ ६.३० बजे दीप प्रज्वलन तथा महाआरती र बेलुकी ७ बजेदेखि प्रसाद वितरण गर्ने कार्यक्रम रहेकाे बैठकमा सहभागी सह आयाेजक घडिअर्वा स्पाेर्टस् क्लबका अध्यक्ष सन्ताेष साह कानुले जानकारी दिए।

वीरगन्ज महानथरपालिकाले ३० बर्षपछि अतिक्रमण मुक्त गरी साैनणदर्यकरण गरेकाे घडिअर्वाकाे श्रीरामजानकी मन्दिरमा भारतकाे अयाेध्यामा नवनिर्मित राम मन्दिरकाे उद्घाटनकै दिन गत माघ ८ गते भगवान श्रीराम, माता सीता र हनुमानकाे मूर्तीकाे प्राण प्रतिष्ठा गरिएको थियाे ।

Related posts

रामनवमीका दिन विराटनगरमा हिन्दूमाथि आक्रमण गर्नेहरुलाई कारबाही गर्न माग

MadhesKhabar

बडा दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा गरिदैं

MadhesKhabar

वीरगन्जमा पनि आज मुस्लिम धर्मावलम्बीले मनाए “मोहम्मद डे”

MadhesKhabar

Leave a Comment