Madhes Khabar
स्थानिय

वीरगन्जका हाेटल तथा पर्यटन व्यवसायीद्वारा पत्रकार महासंघका पदाधिकारी र सदस्यहरु सम्मानित

वीरगन्ज,२४पुस:पर्साबाट नेपाल पत्रकार महासंघको केन्द्र,प्रदेश र जिल्लामा नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई हाेटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जले सम्मानित गरेकाे छ।

 

बुधबार क्लासिक बेंक्वेटमा आयाेजित सम्मान तथा शुभकामना कार्यक्रममा हाेटल तथा पर्यटन व्यवसायी संघले पत्रकार महासंघकाे केन्द्रीय लेखा संयाेजकमा नवनिर्वाचित केसी लामिछाने,मधेस प्रदेश अध्यक्षमा नवनिर्वाचित श्याम बन्जारा,पर्सा अध्यक्षमा नवनिर्वाचित ओमप्रकाश खनाल लगायतलाई सम्मानित गरेकाे हाे।

 

यस्तै प्रदेश सचिवमा निर्वाचित दीपक गाैतम,पर्सा जिल्ला उपाध्यक्षमा निर्वाचित निलिमा पाैडेल,जिल्ला सचिव विजय चाैहान,सहसचिवद्वय अजय चाैरसिया र एस के चाैरसिया,जिल्ला कार्यसमिति सदस्यहरु प्रमाेद यादव,राहुल गुप्ता,बलराम शुक्ला,तिवारी यादव,श्याम कुशवाहा,प्रकाश तिवारी,आराेहण साह,प्रदेश पार्षद दिपेन्द्र साह,ग्यासु मिया देवान लगायतलाई पनि सम्मानित गरिएको छ।

 

कर्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पत्रकारहरुलाई गोजी पत्रकारिताको सट्टा खाेजी पत्रकारिता गर्न आग्रह गरे।पत्रकार र होटेल तथा पर्यटन ब्यवसायीहरुको पेशागत संरक्षणका लागि आफू साकारात्मक रहेकोपनि उनले बताए ।

 

हाेटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जका अध्यक्ष हरि पन्तकाे अध्यक्षता तथा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालकाे प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सचिव दिपेन्द्र चाैहान,नेपाल प्रहरीका प्रहरी उपरीक्षक कुमाेध ढुंगेल,सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल,संघका उपाध्यक्ष रचेन्द्र थापा,माधव बस्नेत,कुबेर कार्की लगायतकाकाेपनि सहभागीता थियाे ।

Related posts

चुरियामाईमा भएकाे बस दुर्घटनाका घाइते भन्छन् : ड्राइभरले रक्सी पिएका थिए

MadhesKhabar

गाेपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कार वीरगन्जका पत्रकार पासवानले पाउने

MadhesKhabar

पर्सा–बारामा पर्ने गण्डक नहरका संरचना जीर्ण हुदँँ बढ्यो दुर्घटनाको जोखिम

MadhesKhabar

Leave a Comment