Madhes Khabar
राष्ट्रिय

चीनको तिब्बत केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प:पर्सा,बारामा पनि धक्का महसुस

काठमाडौं,२३पुस : चीन-नेपाल सीमानालाई केन्द्रविन्दु बनाएर मंगलबार बिहान ठूलो भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज(मंगलबार) बिहान ६:५० बजे चीनको तिब्बतको दिंगे कान्टीमा ७ म्याग्निच्युडको केन्द्रबिन्दु भएर भूकम्प गएको हो।

सिगात्सेबाट ३५ किलोमिटर टाढाको क्षेत्रमा केन्द्रबिन्दु बनाएर उक्त भूकम्प गएको हो । भूकप्पको धक्का चीन,नेपाल, बंगालादेश, भारत र भुटानमा पनि महसुस भएको अन्तर्राष्टिय सञ्चारमाध्यमले जनाएका छन्।

भूकम्पले वीरगन्जसहित पर्सा,बारा लगायतका जिल्लामा धक्का दिएको थियो। भूकम्पले ठूलो क्षति नभए पनि मानिसहरूमा त्रास उत्पन्न गराएको थियो। बिहानै शक्तिशाली भूकम्पको आएपछि मानिसहरु घर बाहिर निस्किएका थिए भने सडकमा सवारी रोकिएका थिए।

भूकम्पले के कति क्षति भयो भन्नेबारे विवरण हालसम्म प्राप्त भएको छैन।

Related posts

नागरिकता ऐन २०२२ को संशोधन विधेयक प्रतिनिधिसभामा पेश

MadhesKhabar

बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

MadhesKhabar

जोखिमपूर्ण काममा खटिने कर्मचारीको जीवन बिमाको व्यवस्था गर्छु : वन मन्त्री यादव

MadhesKhabar

Leave a Comment