Madhes Khabar
स्थानिय

पत्रकार महासंघ पर्सा र वीरगन्ज कलेजबीच ७ बुँदे समझदारी पत्रमा हस्ताक्षर

वीरगन्ज,१८पुस:नेपाल पत्रकार महासंघ पर्सा र वीरगन्ज कलेजबीच ७ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ।बिहीबार हस्ताक्षर भएकाे उक्त समझदारी पत्रमा पत्रकार महासंघ पर्साका तर्फबाट अध्यक्ष ओमप्रकाश खनाल र वीरगन्ज कलेजका तर्फबाट कलेजका अध्यक्ष डा. दिपेन्द्र चाैधरीले हस्ताक्षर गरेका छन् ।

उक्त समझदारी पत्र अनुसार, पत्रकारिता अध्ययन गर्न चाहने पर्साका पत्रकारलाई वीरगन्ज कलेजले कक्षा ११ र १२ मा प्रतिवर्ष ५ हजार रुपैयाँमात्र शुल्क लिने उल्लेख छ।

समझदारी पत्रमा दुवै संस्थाले पर्सा जिल्लाको शैक्षिक क्षेत्रको सुधारको लागि विभिन्न बहस र अन्तरक्रियाको आयोजनाका लागि आपसी समन्वय गर्ने,पर्साका पत्रकारहरूको दक्षता अभिवृद्धि र विकासका लागि सहकार्य गर्ने उल्लेख छ।

पत्रकार महासंघ पर्सा शाखाकाे कार्यालयमा भएको समझदारी पत्र हस्ताक्षर कार्यक्रममा पत्रकार महासंघ पर्साका पदाधिकारी,सदस्य लगायतकाकाेपनि उपस्थिति रहेकाे थियाे ।

Related posts

पर्साको चमरी खोलाको साइफनमा नुहाउन गएका बालकको डुबेर मृत्यु

MadhesKhabar

पर्सामा समाजवादी प्रेस संगठनकाे विवाद छताछुल्ल, दुई छुट्टाछुट्टै जिल्ला समिति गठन

MadhesKhabar

विधालयमै गएर शिक्षकहरुलाई हातपात गरेको आरोपमा प्रसौनीका वडाध्यक्ष कुशवाहा पक्राउ

MadhesKhabar

Leave a Comment