Madhes Khabar
रोचक दुनियाँ हेडलाइन

तेस्रो लिङ्गीको भेष धारण गरेर लागू औषधको तस्करी गर्ने युवक वीरगन्जमा पक्राउ

वीरगन्ज,१६पुसःतेस्रो लिङ्गीको भेष धारण गरेर लागू औषधको तस्करी गर्ने एक युवक वीरगन्जबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ३ का ३६ वर्षीय मिश्री राम रहेका छन् ।

भारतको रक्सौलबाट हरि खुर्सानीको बोरामा लागू औषध लुकाएर टाँउकोमा बोकेर वीरगन्ज आउँदै गरेका रामलाई सशस्त्र प्रहरीले वीरगन्ज भन्सारको गेट अगाडि रोकेर चेकजाँच गरेको थियो ।

तेश्रो लिंगीको भेष धारण गरेका रामले टाउँकोमा बोकेको खुर्सानीको बोरा खोलेर हेर्र्दा त्यसभित्र लागू औषध डाइजेपाम ४९० एम्पुल,बुप्रेनोर्फाइन ४९९ एम्पुल ,नोर्फिन २९७ एम्पुल र प्रोमेथाजाइन ४९७ एम्पुल बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक नरेन्द्रसिंह धामीले जानकारी दिए ।

लागू औषधसहित नियन्त्रणमा लिइएका रामलाई आवश्यक कारबाहीका लागि प्रहरी चौकी ईनर्वामा बुझाइएको उनले बताए ।

Related posts

बढ्याे किसानले बिक्री गर्ने धानकाे मुल्य

MadhesKhabar

पर्सा सुन चाँदी व्यवसायी संघको अध्यक्षमा भुलन सोनार निर्वाचित

MadhesKhabar

पाेखरियामा चितुवाकाे आतंक : एक प्रहरी सहित ३ जना घाइते

MadhesKhabar

Leave a Comment