Madhes Khabar
समाचार

बारामा पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सांकेतिक फोटो ।

वीरगन्ज,१६पुसःबारामा भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको कटहरिया नगरपालिका वडा नम्बर २ का २५ वर्षीय सुरेश यादव रहेका छन् ।

प्रहरीका अनुसार, बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ११ लक्ष्मीनिया चोकमा सोमबार दिउँसो मधेस प्रदेश २–०३–००७ प २०६० नम्बरको मोटरसाइकल र बागमती.प्रदेश ०१–०३ च ४०७८ नम्बरको पिकअप एकआपसमा ठक्कर खादाँ मोटरसाइकल चालक यादव गम्भीर घाइते भएका थिए ।

घाइते यादवको सुरुमा कलैयास्थित प्रादेशिक अस्पतालमा उपचार पश्चात वीरगन्जको नेशनल मेडिकल कलेजमा ल्याइएको र त्यँही उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Related posts

भारतको विदेश मन्त्रालयले भन्यो : प्रिसा साह मृत्युप्रति दुखि छौं, घटनाबारे अनुसन्धान भइरहेकाे छ

MadhesKhabar

केकमा गाँजा मिसाएर बिक्री गर्ने २ जना पक्राउ

MadhesKhabar

देशभर पानी परीक्षणका लागि प्राविधिक टोली खटाउन खानेपानीमन्त्री यादवको निर्देशन

MadhesKhabar

Leave a Comment