Madhes Khabar
समाचार

बारामा पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सांकेतिक फोटो ।

वीरगन्ज,१६पुसःबारामा भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको कटहरिया नगरपालिका वडा नम्बर २ का २५ वर्षीय सुरेश यादव रहेका छन् ।

प्रहरीका अनुसार, बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ११ लक्ष्मीनिया चोकमा सोमबार दिउँसो मधेस प्रदेश २–०३–००७ प २०६० नम्बरको मोटरसाइकल र बागमती.प्रदेश ०१–०३ च ४०७८ नम्बरको पिकअप एकआपसमा ठक्कर खादाँ मोटरसाइकल चालक यादव गम्भीर घाइते भएका थिए ।

घाइते यादवको सुरुमा कलैयास्थित प्रादेशिक अस्पतालमा उपचार पश्चात वीरगन्जको नेशनल मेडिकल कलेजमा ल्याइएको र त्यँही उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Related posts

मधेस प्रदेशकै उत्कृष्ट महिला पत्रकारका रुपमा वीरगन्जकी पत्रकार माधुरी महतो सम्मानित

MadhesKhabar

२ कराेड हिनामिना गरेकाे आराेपमा बारा हुलाक कार्यालयका प्रमुख कुर्मी पक्राउ

MadhesKhabar

वीरगन्जका दुइ वडामा काँग्रेसले हारको बदला लियो , ७ र २७ मा महर्जन र कुर्मी विजयी

MadhesKhabar

Leave a Comment