वीरगन्ज,११पुसःनेपाली क्रिकेट टिमका खेलाडी सहोदर दाजुभाई आरिफ शेख र आसिफ शेख लगनगाँठोमा कसिन थालेका छन् । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुली नयाँ टोलनिवासी क्रिकेटर दुवै दाजुभाइ आगामी पुस २० गते एकैदिन लगनगाँठोमा कसिन लागेका हुन् ।
पारिवारिक स्रोतका अनुसार दुवैजना दाजुभाइले आफ्नै समुदायका युवतीसँग मागीविवाह गर्न लागेका हुन् । गएको पुस ६ मा नेपाल प्रिमियर लिग (एनपिएल) को प्रथम संस्करणको प्रतियोगिता सकिएपछि उनीहरू घरमा बिहेको तयारीमा जुटेका छन् ।जेठा दाजु आरिफ नेपाल प्रिमियर लिग एनपिएलको उपविजेत सुदूरपश्चिम रोयल्समा आबद्ध थिए भने भाई आसिफ विजेता जनकपुर बोल्ट्सको मार्की खेलाडी थिए । जनकपुरले आसिफकै कप्तानीमा उपाधि जितेको हो ।
उनीहरू अहिले आफ्नो आफन्तदेखि चिनजान साथीभाइलाई पनि बिहेको निमन्त्रणा बाँड्नमा व्यस्त छन । यस्तै, फुर्सदको समयमा घरनजिक नै रहेको नारायणी खेलमैदानमा पनि देखिन थालेका छन्।
२६ वर्षीय आरिफ शेख नेपाली राष्ट्रिय टिमका अलराउन्डर खेलाडी हुन् । उनले सन् २०१४ देखि २०२४ सम्मको अन्तर्राष्ट्रिय करिअरको खेल खेल्न थालेका हुन् । उनी नेपाल पुलिस क्लबबाट पनि खेलिरहेका छन् ।
२३ वर्षीय आसिफ शेख नेपाली राष्ट्रिय टिमका ब्याट्सम्यान र विकेटकिपरको रूपमा खेल्ने खेलाडी हुन् । आसिफ उनी सन् २०२१ देखि २०२४ सम्मको अन्तर्राष्ट्रिय करिअरमा खेल्न थालेका छन् ।तिवारी यादव/नयाँपत्रिका

