Madhes Khabar
खेलकुद

एनपीएलमा आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स भिड्दै

काठमाडाैं,२६मंसिर:नेपाल प्रिमियर लिग (एनपीएल) मा आज(बुधबार )दुई वटा खेल हुँदैछन् । आजकाे पहिलो खेलमा बिहान ९ बजे जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स खेल्दैछन् ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने आजको दोस्रो खेलमा दिउँसो १ बजे काठमाणडौं गुर्खाज र लुम्बिनी लायन्स खेल्दैछन् ।

एनपीएलमा अहिलेसम्म १७ वटा खेल सम्पन्न भएका छन् । जनकपुर बोल्ट्स आफ्ना चार वटै खेलमा विजयी हुँदै अंक तालिकामा शीर्ष स्थानमा छ ।

यसैगरी चार खेल खेलेको सुदूरपश्चिम रोयल्स तीनमा जीत तथा एउटा खेलमा हारका साथ दोस्रो स्थानमा छ । तीन खेल खेलेको काठमाणडौंले एउटा खेल जितेको छ भने दुई वटा खेल हारेको छ ।

लुम्बिनीले पाँच वटा खेल खेलेकामा एउटा मात्र जितेको छ ।

Related posts

जिल्ला स्तरीय सितोरियो कराँतेमा पर्साले उचाल्यो उपाधी

MadhesKhabar

वीरगन्जमा जारी जय ट्रफी : आर्मीले पुलिसलाई दियो १७२ रनको लक्ष्य

MadhesKhabar

सिमरामा हुने दोस्रो रामनारायण मिश्र फुटबल प्रतियोगिताकाे तयारी पुरा

MadhesKhabar

Leave a Comment