Madhes Khabar
स्थानिय

वीरगन्ज महानगरको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी कर्णलाई

बीरगन्ज,२४ मंसिरःवीरगंज महानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी अरबिन्दलाल कर्णले पाएका छन् ।महानगरपालिकाको शैक्षिक महाशाखा प्रमुख रहेका कर्णलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएसँगै कर्णले आजै (सोमबारै) देखि पदभार सम्हालेका छन् ।

सोमबार एक कार्यक्रमकाबीच महानगरका मेयर राजेशमान सिंहले कर्णलाई कार्यकाल सफलताको शुभकामना सहित प्रमुख प्रशासकीय अधिकृतको रुपमा कर्णलाई गरे । वीरगन्ंज महानगरपालिकामा तत्कालिन प्रमुख प्रशासकिय अधिकृत मातृका भट्टराईको सरुवा भएसँगै महानगर प्रमुख प्रशासकीय अधिकृत विहिन बनेको थियो । प्रमुख प्रशासकीय अधिकृत नहुँदा गएको एक महिना देखि महानगरपालिकाको आर्थिक कारोबार ठप्प भएसँगै आवश्यक कामकारबाही समेत प्रभाबित हुदै आएको थियो ।
कर्णले सोमबारबाट कार्यभार सम्हालेसँगै महानगरका सम्पुर्ण गतिबिधि अब एक दुई दिन भित्रैमा सामान्य रुपमा आउने अपेक्षा गरिएको छ ।

Related posts

बारामा ५३ तोला चाँदीका गहनासहित दुई जना पक्राउ

MadhesKhabar

जेनजी आन्दोलनमा वीरगन्जका मेयरको घरमा आगजनी गरेको आरोपमा एक जना पक्राउ

MadhesKhabar

पाेखरियामा दिनभर आतंक मच्चाउने चितुवा नियन्त्रणमा

MadhesKhabar

Leave a Comment