Madhes Khabar
स्थानिय

बारामा ५३ तोला चाँदीका गहनासहित दुई जना पक्राउ

बारा,९माघ: बारामा प्रहरीले ५३ तोला चाँदीका गरगहनासहित दुई जनालाई पक्राउ गरेकाे छ।

पक्राउ पर्नेमा सुनसरीकाे धरान उपमहानगरपालिका वडा नम्बर ५ का गुजराज विश्वकर्मा र सुनसरीकै इटहरीका बद्री विश्वकर्मा रहेका छन् ।

बाराबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेशको ०२–०२७ प १८५१ नम्बरको स्कुटरलाई पथलैयामा राेकेर प्रहरीले चेकजाँच गर्ने क्रममा स्कुटरमा सवार विश्वकर्माद्वयकाे साथबाट ती गरगहना बरामद भएकाे प्रहरीले जनाएको छ ।

उनिहरुकाे साथबाट चाँदीका लकेट २२ थान, औँठी ३३ थान, मंगलसुत्र १८ थान, कानको टप २६ थान र गणेश लकेट ७० थान गरी ५३ तोला चाँदीका गहना बरामद गरिएको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।

चाँदीका गहनासहित पक्राउ परेका दुवै जनालाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको उनले जानकारी दिए।

Related posts

भारत तस्करी गर्न लागिएको एक गाडी रक्सी वीरगन्जको कोनियाँ नाकाबाट बरामद

MadhesKhabar

आदर्शनगरमा कर्पोरेट बैंक रहेकाे भवनमा पनि चल्याे डोजर

MadhesKhabar

वीरगन्ज महानगरको कार्यपालिका सदस्यमा जसपा र काँग्रेसको गठबन्धन विजयी

MadhesKhabar

Leave a Comment