बारा,२४मंसिरःबारा बरियापुरमा लागेको विश्वप्रसिद्ध पञ्चवर्षिय गढिमाई मेलामा कनेक्ट किसानद्वारा आयोजीत कृषि प्रदर्शनीको मधेस प्रदेशका मुख्यमन्त्री सतिस कुमार सिंहले अवलोकन गरेका छन् ।प्र
मधेस सरकारले पनि छिट्टै प्रदेश स्तरीय कृषि प्रदर्शनी आयोजना गर्न लागेको जानकारी गराउँदै मुख्यमन्त्री सिंहले सँगै काम गर्न अनुरोध गरेको कनेक्ट किसानका अध्यक्ष सञ्जीता लामिछानेले जानकारी दिए। अन्नको भण्डार मानिने मधेसमा कृषिको आधुनिकिकरण र कृषकको स्तरोन्नतीले मात्रै मधेस समृद्ध हुने उनको भनाई छ । मुख्यमन्त्री सिंहको साथमा मन्त्री , पर्यटन सचिव सुशील साहको सहभागीता रहेको थियो ।
अवलोकनका क्रममा मुख्यमन्त्री सिंहको साथमा मधेसका उद्योग बाणिज्य तथा पर्यटन मन्त्री सकिल अलि मिया,पर्यटन मन्त्रालयका सचिव सुशील साहकापनिे सहभागीता रहेको थियो ।
ताईवानका पर्यटकले पनि गरे प्रदर्शनी अवलोकन
धार्मिक भ्रमणमा आएको ताईवानको पर्यटकहरूको समुहले पनि कृषि प्रदर्शनीको अवलोकन गरेको छ । करिब २५ जनाको समुहमा रहेको ताईवानी पर्यटकहरूले प्रदर्शनीको अवलोकन गरेको जितपुर सिमरा उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्माले जानकारी दिए ।
पर्यटकहरूले नेपाली रैथाने कृषि उत्पादन सिन्धुलीको जुनार, रौतहटको ड्रागनफ्रुट, नुवाकोटको कफी, वीरगन्जको च्याउ, दही तथा हस्त निर्मित सामग्री, चितवनको बेसार, सप्तरीको अचार, प्युठानको अर्गानिक महको विशेषरूपमा अवलोकन गरेका थिए । उनिहरूले प्रदर्शनीमा राखिएको सात प्रदेशको सात फरक परिकारको पनि स्वाद लिएका अध्यक्ष लामिछानेले बताए ।
गढिमाई मेलाभर्न आउने करोडौँ सहभागीलाई लक्षित गरी पालिकाहरुहरुको स्थानिय उत्पादन, रैथाने बाली र कृषि सम्बन्धित वस्तु तथा सेवाको प्रवद्र्धन गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको हो । कृषिमा आधुनिक प्रविधि अन्तर्गत थोपासिचाई प्रविधि, नर्सरी तथा माछाको प्रदर्शनी, कृषि उपकरणमा विभिन्न कम्पनीका ट्राक्टर, रोटावेटर, हार्वेष्ट कम्पाईन तथा अन्यआवश्यक उपकरणहरुपनि प्रदर्शनीमा राखिएका छन् । प्रदर्शनीको सोमबार समापन गरिने कनेक्ट किसानको अध्यक्ष लामिछानेले जानकारी दिए ।

