Madhes Khabar
समाज

पर्साको प्रसौनीमा अहमदिया संघले आयोजना गरेको निःशुल्क शिविरबाट ४५२ जना लाभान्वित

वीरगन्ज,२२मंसिरःपर्साको बिन्दवासिनी गाउँपालीका वडा नम्बर ५ प्रसौनीभाठ्ठामा शनिबार आयोजित निःशुल्क आँखा शिविरबाट ४ सय ५२ जना लाभान्वित भएका छन् ।

‘प्रेम सबै लाई गर, कसैलाई घृणा नगर’ भन्ने नाराका साथ नेपाल अहमदिया संघ नेपालले केडिया आखाँ अस्पतालको प्राविधिक सहयोगमा आयोजना गरेको शिविरमा ४ सय ५२ जनाको आँखा परीक्षण गरिएको हो । तीमध्ये १ सय ५० जनामा मोतियाबिन्दुकोको समस्या भेटिएको केडिया आखाँ अस्पतालका डाक्टर अम्बिका साहले जानकारी दिए । उनिहरुको केडिया आखाँ अस्पताल परवानीपुरमा शल्यकृया गरिने अहमदीया संघका बारा– पर्सा इन्चार्ज हासिम अहमदले बताए ।

अहमदिया संघ नेपालका कोषाध्यक्ष इसराइल अहमदको अध्यक्षता तथा पुर्व प्रदेश सभा सदस्य प्रह्लाद गिरीको प्रमुख आतिथ्यतामा भएको शिविरमा वडाध्यक्ष मोहन राउत अहिर ,केडिया आखाँ अस्पतालका डा. राजकिशोर साह लगायतकाकोपनि सहभागिता थियो।

Related posts

साहिब दरबार वीरगन्जले २३ जनाको आँखाको निःशुल्क शल्यकृया गरायो

MadhesKhabar

राैतहटमा बोक्सीको आरोपमा महिलामाथि अमानवीय व्यवहार:चारपाटा मुडेर गाउँ डुलाइयाे,मलमुत्रपनि खुवाइयाे

MadhesKhabar

वीरगन्जमा बकर ईद पर्वकाे अवसरमा २१ जनाद्वारा रक्तदान

MadhesKhabar

Leave a Comment