Madhes Khabar
स्थानिय

वीरगन्जका अग्रज पत्रकार सरोज खड्काको निधन

वीरगन्ज,१८मंसिरःवीरगन्जका अग्रज पत्रकार सरोज खड्काको निधन भएको छ ।वीरगन्जको पत्रकारितामा झण्डै साढे तीन दशकदेखि सकृय रुपमा रहेका खड्काको ६२ वर्षको उमेरमा सोमबार राति निधन भएको हो। वीरगन्ज महानगरपालिका वडा नम्बर १३ मुर्लीको नयाटोलस्थित आफ्नै निवासमा सोमबारराति खड्काको निधन भएको हो।

विगत केहिमहिनादेखि अस्वस्थ रहेका खड्का नारायणी अस्पताल र काठमाडौँका विभिन्न अस्पतालमा उपचार गराएपछि हाल घरमै रहेर स्वास्थ्यलाभ लिइरहेका थिए ।

खड्काको मंगलबार बिहान वीरगन्ज–१० अशोकवाटिकास्थित श्मशानघाटमा अन्तिम दाहसंकार गरिएको छ। खड्काका दुई छोरा, दुई छोरी र श्रीमती छन्।

Related posts

कलैयाका क्याम्पस प्रमुख कुशवाहालाई गाेली हानेकाे आशंकामा दुई जना पक्राउ

MadhesKhabar

पर्सामा बाघको आक्रमणबाट एक जना गम्भिर घाइते

MadhesKhabar

पर्सामा ९ महिनामा सवारी दुर्घटनामा परी ३९ को मृत्यु,सबैभन्दा बढी मोटरसाइकल दुर्घटना

MadhesKhabar

Leave a Comment