Madhes Khabar
स्थानिय

वीरगन्जका अग्रज पत्रकार सरोज खड्काको निधन

वीरगन्ज,१८मंसिरःवीरगन्जका अग्रज पत्रकार सरोज खड्काको निधन भएको छ ।वीरगन्जको पत्रकारितामा झण्डै साढे तीन दशकदेखि सकृय रुपमा रहेका खड्काको ६२ वर्षको उमेरमा सोमबार राति निधन भएको हो। वीरगन्ज महानगरपालिका वडा नम्बर १३ मुर्लीको नयाटोलस्थित आफ्नै निवासमा सोमबारराति खड्काको निधन भएको हो।

विगत केहिमहिनादेखि अस्वस्थ रहेका खड्का नारायणी अस्पताल र काठमाडौँका विभिन्न अस्पतालमा उपचार गराएपछि हाल घरमै रहेर स्वास्थ्यलाभ लिइरहेका थिए ।

खड्काको मंगलबार बिहान वीरगन्ज–१० अशोकवाटिकास्थित श्मशानघाटमा अन्तिम दाहसंकार गरिएको छ। खड्काका दुई छोरा, दुई छोरी र श्रीमती छन्।

Related posts

तयार भयाे घण्टाघर

MadhesKhabar

साैराहामा पत्रकार महासंघ पर्साको आयोजनामा तीन दिने तालिम सुरु

MadhesKhabar

मधेसमा केही दिन अझै गर्मी बढ्ने सम्भावना, सतर्कता अपनाउन आग्रह

MadhesKhabar

Leave a Comment