Madhes Khabar
स्थानिय

साैराहामा पत्रकार महासंघ पर्साको आयोजनामा तीन दिने तालिम सुरु

साैराहा ,२ चैत : चितवनको सौराहामा नेपाल पत्रकार महासंघ पर्साकाे आयाेजनामा संचारकर्मीहरुको दक्षता अभिवृद्धि सम्बन्धी तीन दिने तालिम बिहीबारदेखि सुरु भएको छ ।

वीरगन्ज महानगरपालिकाको आर्थिक सहयोगमा आयाेजित तालिमको उद्घाटन नेपाल पत्रकार महासंघका पुर्व मध्यमान्चल संयोजक एवं वीरगन्ज महानगरपालिकाका प्रेस सल्लाहकार महेश दासले गरेका हुन् ।

तालिमको उद्घाटन गर्दै दासले नेपाल पत्रकार महासंघ पर्सा शाखाको ईतिहासमा पहिलो पटक जिल्ला बाहिर तालिमको व्यवस्था गरिएकाे बताए ।त्यसकारण याे तालिमलाई अवसरको रुपमा लिन तालिममा सहभागी पर्साका सन्चारकर्मीलाई उनले सुझाव पनि दिए।

उननले तीन दिने तालिमलाई सिकेका कुरालाई प्रभावकारी रुपमा व्यवहारमा लागु गर्न सबै पत्रकारहरुलाई आग्रह पनि गरे ।

नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीको अध्यक्ष्तामा भएको उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय परिषद सदस्य महेश चन्द्र गौतम ,प्रेस चौतारी नेपाल पर्साका उपाध्यक्ष विजय भण्डारी ,प्रेस युनियन नेपालका केन्द्रिय सदस्य निलिमा पौडेल , प्रेस सेन्टरका केन्द्रिय सदस्य कृष्णाउदास खनाल , समाजवादी प्रेस संगठन नेपालका शम्भु सुमन लगायतकाे पनि उपस्थिति थियाे ।

तालिममा शुक्रबारको नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष डा.महेन्द्र बिष्टले प्रशिक्षण दिनेछन् । तीन दिने तालिममा पर्साका करिब ३५ जना पत्रकारहरु सहभागी छन् ।

Related posts

सखुवा प्रसौनी–१ मा सुकुम्बासीहरुसंग अन्तरक्रिया तथा स्थलगत प्रमाणिकरण कार्यक्रम सम्पन्न

MadhesKhabar

वीरगन्जमा सडकका कुकुरहरुको बन्ध्याकरण सुरु

MadhesKhabar

वीरगन्जका भित्री टोल र गल्लीका सडक–नालाहरु पनि पूर्ण सफा बनाउछु : मेयर सिंह

MadhesKhabar

Leave a Comment