Madhes Khabar
खेलकुद

भारतले अस्ट्रेलियालाई दियो ५३४ रनको लक्ष्य, टेस्ट क्रिकेटमा कोहलीको ३० औं शतक

तस्वीर : क्रिकइन्फो

काठमाडौं,९मंसिरः पहिलो टेस्ट क्रिकेटमा भारतले घरेलु टोली अस्ट्रेलियालाई ५ सय ३४ रनको लक्ष्य दिएको छ ।आइतबार खेलको तेस्रो दिनको चिया समयपछि भारतले ६ विकेट गुमाउँदै ४ सय ८७ रन बनाएको अवस्थामा पारी समाप्तिको घोषणा गरेको हो । दोस्रो पारीमा भारतका यशस्वी जयसवाल र विराट कोहली दुवैले शतक बनाए ।

जयसवाल १ सय ६१ रनमा आउट हुँदा कोहली १ सय रनमा नटआउट रहे । कोहलीले टेस्ट क्रिकेटमा ३०औं शतक प्रहार गरेका हुन् । यस्तै केएल राहुलले ७७ रन बनाए । अस्ट्रेलियाका नायन लायनले २ विकेट लिए ।

भारतले दिएको ५ सय ३४ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले तेस्रो दिनको खेल सकिँदा ३ विकेट गुमाएर १२ रन बनाएको छ । अस्ट्रेलियाका मार्नस लाबुशेन ३, कप्तान प्याट कमिन्स २ रन बनाएर आउट हुँदा नाथन म्याकस्वीनी शून्यमै आउट भए । भारतका कप्तान जसप्रीत बुमराहले २ र मोहम्मद सिराजले १ विकेट लिए ।

यसअघि पर्थमा टस जितेर ब्याटिङ गरेको भारतले पहिलो पारीमा १ सय ५० रन बनाएको थियो । भारतका नितिश रेड्डीले सबैभन्दा धेरै ४१ रन बनाएका थिए भने अस्ट्रेलियाका जोश हेजलवूडले ४ विकेट लिएका थिए ।

यस्तै अस्ट्रेलिया पहिलो पारीमा १ सय ४ रनमा अलआउट भएको थियो । खेलको दोस्रो दिनको खाना समयअघि घरेलु टोली अस्ट्रेलिया १ सय ४ रनमै समेटिएको थियो । अस्ट्रेलियाका मिचेल स्टार्कले सबैभन्दा धेरै २६ रन बनाएका थिए भने भारतका कप्तान जसप्रीत बुमराहले ५ विकेट लिएका थिए ।

बोर्डर गभास्कर ट्रफी अन्तर्गत भारत र अस्ट्रेलियाबीच पाँच खेलको टेस्ट शृङ्खला भइरहेको हो । यो शृङ्खलाले विश्व टेस्ट च्याम्पियनशिपको फाइनल पुग्ने सम्भावित टोलीको निर्णय गर्नेछ ।

Related posts

न्युजिल्यान्डलाई हराउँदै भारत विश्वकप क्रिकेटको फाइनलमा

MadhesKhabar

नेपाल र यूएईबिचको फाइनल खेल वर्षाले प्रभावित

MadhesKhabar

जनकपुरलाई कर्णालीले दियो १४२ रनको लक्ष्य

MadhesKhabar

Leave a Comment