
काठमाडौं,७मंसिरःनेपाली बजारमा सुनको मूल्य एकै दिन १५ सय रुपैयाँले बढेको छ।नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज (शुक्रबार ) सुनको मूल्य १५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६५ हजार ५ सय रुपैयाँ पुगेको हो।
यसअघि हिजो (बिहीबार ) सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेर १ लाख ६४ हजार रुपैयाँमा कारोबार भएको थियो।
आज सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने घटेको छ। आज चाँदीको भाउ १० रुपैयाँले घटेर तोलाको १ हजार ९४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।