
काठमाडौं,६जेष्ठः नेपाली बजारमा सुनको मूल्यले आज आइतबार फेरि नयाँ रेकर्ड बनाएको छ । आज सुनको मूल्य तोलाको १ लाख ४० हजार ९०० रुपैयाँ पुगेको छ । यो अहिलेसम्मकै उच्च भाउ हो ।
गत बिहीबार तोलाको एक लाख ४० हजार रुपैयाँ पुगेर रेकर्ड बनाएको सुनको भाउ शुक्रबार तोलामा ७ सय रुपैयाँले घटेर एक लाख ३९ हजार ३०० रुपैयाँमा झरेको थियो । शुक्रबारको भाउमा आज तोलामा १ हजार ६०० रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । शुक्रबार तोलाको १ हजार ८०० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १ सय १० रुपैयाँले बढेर १ हजार ९१० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

