Madhes Khabar
धर्म/संस्कृति

पर्साको प्रसिद्ध धार्मिक पर्यटकीयस्थल भाथा धामको सौन्दर्यकरणका लागि मन्त्री यादवसंग आग्रह

वीरगन्ज,१७कार्तिकःपर्साको प्रसिद्ध धार्मिक पर्यटकीयस्थल दुग्धेश्वर महादेवको मन्दिर अर्थात भाथा धामको सौन्दर्यकरणका लागि पहल गरिदिन नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादवसंग आग्रह गरिएको छ ।

पर्साको पटेर्वा सुगौली गाँउपालिका वडा नम्बर १ अन्तर्गत पर्ने जंगलभित्र रहेको प्रसिद्ध दुग्धेश्वर महादेवको मन्दिर र त्यस क्षेत्रको भाथाधाममा साउन महिना भरि भव्य मेला लाग्ने गर्छ । उक्त मेलामा नेपाल र भारतका लाखौं दर्शनार्थी र भक्तजनहरु  पुग्ने गरेका छन् । यसका साथै अन्य महिनामा पनि त्यहाँ मेला लाग्ने गर्दछ ।

शनिबार वीरगन्जस्थित मन्त्री यादवको निजी निवासमै पुगेर जसपाका नेता दीपक यादव र भाथा मेला समितिसहितको टोलीले मन्त्री यादवलाई ज्ञापनपत्र बुझाएको हो । मेला समितिले भाथाधाममा पूर्वाधार निर्माणका साथै सौन्दर्यकरणका लागि मन्त्री यादवसंग आग्रह गरेको हो । भाथा धाममा आउने तिर्थालुहरुलाई स्वच्छ खानेपानी, व्यवस्थित शौचालय लगायतका पूर्वाधार निर्माणका लागि पहल गरिदिन मन्त्री यादवसंग आग्रह गरिएको हो ।

ज्ञापनपत्र बुझ्दै मन्त्री यादवले छठ पर्वपछि मन्त्रालय र सरकारी कार्यालयहरु खुल्ने भएकाले छठ पर्व लगत्तै भाथाधाममा प्राविधिक टोली पठाएर त्यहाँ आवश्यक पूर्वाधारका बारेमा योजना बनाउन लगाउने प्रतिबद्धता जनाए ।

ज्ञापनपत्र बुझाउन गएको टोलीमा पूर्व मन्त्री तथाअ जसपाका केन्द्रिय सदस्य मोहनलाल चौधरी,पूर्व प्रदेश सभा सदस्य प्रहलाद गिरी र जन्नत अंसारी, वडाध्यक्ष फरमान अन्सारी, जसपाका नेताहरु दीपक यादव, नागेन्द्र यादव, विश्वनाथ महतो थारु,माधव साह, प्रभाकर मिश्रा, मेला समितिका रामेश्वर राउत, द्ववारिका उपाध्याय, गेनालाल पटेल, तेजा पञ्जियार लगायतको सहभागीता थियो ।

Related posts

प्रहरीले पक्राउ गर्ने सूचना पाएपछि वीरगन्जबाट काली कम्बल वाला बाबा फरार

MadhesKhabar

आज हरिबोधनी एकादशी, तुलसीको विवाह गरी मनाइँदै

MadhesKhabar

गढीमाई मेलाका अवसरमा मधेस प्रदेशमा सार्वजनिक बिदा

MadhesKhabar

Leave a Comment