Madhes Khabar
समाज

समाजमा रहेका विभेद हटाउन यादव जाति एकजुट भएर लाग्नुपर्छ : शिक्षाविद यादव

प्रमोद यादव
पर्सा,११कार्तिकःपर्साको पटेर्वा सुगौली गाँउपालिका वडा नम्बर ४ मा शनिबार गोपाल सेवा समितिको आयोजनामा दिपावली र छठ पर्बको उपलक्ष्यमा शुुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।पर्सा क्षेत्र नम्बर ३ को क को गोपाल सेवा तदर्थ समिति ले मन्दिरको प्रांगणमा आयोजना गरेको कार्यक्रममा शिक्षाविद् हरिराजप्रसाद यादवले यादव समुदायको एकता, पहिचान, र समृद्धिलाई अझ सबल बनाउनका लागि गोपाल सेवा समितिले काम गरिरहेको बताए ।

उनले यादव समुदायले शताब्दीयौँ देखि समाजमा उल्लेखनीय योगदान गर्दै आएको बताए।उनले आफ्नो पहिचानलाई जोगाउँदै आजको युगसँग कदम मिलाएर अघि बढ्न आवश्यक रहेकोमा जोडदिए। शिक्षामा लगानी, युवाहरूलाई सशक्त बनाउने प्रयास र आर्थिक सशक्तिकरण नै अबको प्राथमिकता हुनुपर्ने भन्दै उनले यादव जातिको प्रतिष्ठा बढाउन संयुक्त प्रयासको खाँचो रहेको बताए ।
समाजमा रहेका सबै किसिमका भेदभावलाई हटाउँदै यादव जातिले समाजको हितमा काम गरेमा यादव जातिको प्रतिष्ठा अझ बढ्ने उनको भनाई थियो ।
जेष्ठ नागरिक गया प्रसाद यादवले सबै एकजुट भई एकआपसमा सहयोग र सद्भावको वातावरण निर्माण गर्नुपर्ने बताए ।यादव समुदायको एकता नै यादव जातिको बल भएको भन्दै उनले उसलाई अझ सशक्त बनाउनुपर्ने बताए ।
तदर्थ समितिका अध्यक्ष नागेन्द्रप्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा बिसुन यादव, व्यास यादव,डोमा यादव,कारी यादव,विश्वनाथ यादव लगायत,भागरथ यादव लगायतको सहभाीता रहेको सञ्चारकर्मी प्रमोद यादवले जानकारी दिए ।

Related posts

वीरगन्जमा गरिमा विकास बैंकको कार्यक्रममा ६५ जनाले गरे रक्तदान

MadhesKhabar

भन्सार छली ल्याएका कम्प्युटर पार्टसहरु बरामद।

MadhesKhabar

सिम्रौनगढमा मन्दिर नजिक पिसाब फेरेको निहुँमा लुटपाट र तोडफोड

MadhesKhabar

Leave a Comment