Madhes Khabar
समाज

तरुण दलकाे स्थापना दिवसमा कलैया अस्पतालमा फलफूल वितरण र सरसफाई

बारा,१०कार्तिक:नेपाल तरुण दल बाराले ७२ औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरेर मनाएकाे छ।शनिबार नेपाल तरुण दल बाराले कलैयास्थित प्रादेशिक अस्पतालमा बिरामीहरुलाई फलफुल वितरण गरेकाे छ।

यस्तै शनिबार नै को अवसरमा तरुण दलले प्रादेशिक अस्पतालमै सरसफाई पनि गरेकाे छ।स्थापना दिवसकै अवसरमा कलैयामा विचार गाेष्ठी कार्यक्रम पनि आयाेजना गरिएको तरुण दल बाराका अध्यक्ष दिपेन्द्र पटेलले जानकारी दिए।

पटेलकै अध्यक्षता तथा नेपाली कांग्रेसका जिल्ला उपसभापति मनोज भट्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली कांग्रेस बारा निर्वाचन क्षेत्र नंबर ४ ख का सभापति लोकेश सिंह,नेपाल तरुण दलका केन्द्रिय सदस्य राजकिशोर गुप्ता, कांग्रेसका नेताहरु राजेन्द्र जयसवाल,चन्द्रीका गुप्ता,रन्जन भट्टराई,नाजिर अंसारी,रवि साह, लगायतकोपनि सहभागिता रहेको थियो।

Related posts

उपकार सेवा नेपालद्वारा छपकैयाका बृद्धलाई ह्वील चेयर सहयोग

MadhesKhabar

वीरगन्जको रामगढवामा पुर्वमन्त्री चौरिसयाले उद्घाटन गरेको कार्यक्रममा ८१ जनाले गरे रक्तदान

MadhesKhabar

ठोरीको बृद्धा आश्रममा उपकार सेवा नेपालद्वारा खाद्यान्न लगायतका सामग्री सहयोग

MadhesKhabar

Leave a Comment