Madhes Khabar
धर्म/संस्कृति

वीरगन्जमा आयाेजित लाेकनृत्य प्रतियाेगितामा साउथजाेन मावि प्रथम

वीरगन्ज,९कार्तिक:वीरगन्जमा शुक्रबार आयाेजित अन्तर विद्यालय लाेकनृत्य प्रतियाेगितामा साउथजाेन मावि प्रथम भएको छ।

यस्तै लिटिल फ्लावर मावि द्वितीय र मनकामना मावि तृतीय भएका छन् ।यसैगरी मुनलाइट मावि चाैथाे तथा गाैतम मावि र जिवनज्याेति माविले सान्तवना स्थान हासिल गरे।

प्याब्सन पर्सा र वीरगन्ज महानगर समितिले संयुक्त रुपमा आयाेजना गरकाे प्रतियाेगितामा २३ वटा विद्यालयले भाग लिएका थिए।प्रतियोगिताको उद्घाटन वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले गरेका थिए।

प्याब्सन पर्साका अध्यक्ष पुरन प्रधान र वीरगन्ज महानगर अध्यक्ष आलाेक चाैरसियाकाे अध्यक्षतामा भएकाे प्रतियाेगिताकाे समापन समाराेहमा विजेताहरुलाई प्याब्सनका महासचिव आरबी कटुवाल र केन्द्रीय सदस्य छेडुप लामाले पुरस्कार वितरण गरेका थिए।

 

उक्त प्रतियोगितामा वीरगन्जका विभिन्न २३ वटा विद्यालयका विद्यार्थीले भाग लिने प्याब्सन वीरगन्जका अध्यक्ष आलाेक चाैरसियाले जानकारी दिए।

नेपालमा रहेका विभिन्न जातजाित र समुदायका लाेकसंस्कृति,पहिरन र बाजगाजाकाे जगेर्ना र संरक्षण गर्दै सबै जातजातिबिचकाे सदभावलाई अझ मजबुत बनाउनुका साथै यसबारे बालबालिकालाईपनि जानकारी गराउने उदेश्यले लाेकनृत्य प्रतियोगिता आयाेजना गरिएको प्याब्सन वीरगन्ज महानगर अध्यक्ष चाैरसियाले बताए ।

Related posts

भारतको प्रयागराजमा महाकुम्भ मेला आजदेखि सुरु, ४० करोड बढी भक्तजन सहभागी हुने अनुमान

MadhesKhabar

सरस्वती पूजाको मुर्ति बिर्सजनमा फरक समुदायले अवरोध गरे प्रतिकारमा उत्रने हिन्दुहरुको चेतावनी

MadhesKhabar

छठ पूजाका लागि बेहुली झैं सजाइए वीरगन्जका छठ घाटहरु

MadhesKhabar

Leave a Comment