Madhes Khabar
धर्म/संस्कृति

भारतको प्रयागराजमा महाकुम्भ मेला आजदेखि सुरु, ४० करोड बढी भक्तजन सहभागी हुने अनुमान

तस्बिर : सामाजिक सञ्जालबाट

वीरगन्ज,२९पुसः भारतको उत्तर प्रदेश प्रान्तमा पर्ने प्रयागराजमा महाकुम्भ मेला आज(सोमबार) देखि सुरु भएको छ ।गंगा, जमुन र कल्पित सरस्वती नदीको संगममा १२ वर्षमा लाग्ने महाकुम्भ मेला आजदेखि सुरु भएको हो। फ्रबुअरी २६ तारिखसम्म अर्थात आगामी महाशिवरात्रीका दिनसम्म चल्ने महाकुम्भ मेलामा ४० करोड बढी श्रद्धालु भक्तजनहरु सहभागी हुने अनुमान उत्तर प्रदेश सरकारले गरेको छ ।

महाकुम्भ मेलामा आज पहिलो शाही स्नान भइरहेको छ। ४ हजार हेक्टर क्षेत्रफलमा लागेको महाकुम्भ मेलाको पहिलो दिन आज उत्तर प्रदेश सरकारले श्रद्धालुहरुलाई हेलिकोप्टरबाट २० क्वीन्टल गुलाबको फुलबाट पुष्पवृष्टि गराएर स्वागत गरेको छ।

उत्तर प्रदेश सरकारले ‘युपी दिवस समारोह, विभिन्न सांगीतिक कार्यक्रमसहित कयौँ धार्मिक कार्यक्रमको तालिका बनाएको छ। महाकुम्भ मेलालाई ठूलो धार्मिक कार्यक्रम मात्र नभई उत्तर प्रदेश सरकारको प्रशासनिक शक्ति प्रदर्शनका रुपमा समेत लिइएको बीबीसी हिन्दीले जनाएको छ।

मेलामा आउने भक्तजनहरुको सुरक्षाका लागि ड्रोन, बम डिस्पोजल टोलीका साथै राष्ट्रिय सुरक्षा गार्ड परिचालन गरिएको छ। श्रद्धालु भक्तजनको बसोबासका लागि निःशुल्क धर्मशालादेखि ५ तारे होटेलको सुविधासहितका क्याम्पहरु तयार गरिएको छ।
तस्बिर ः सामाजिक सञ्जालबाट

Related posts

वीरगन्जमा चित्रकला प्रदर्शनी आयोजना ,मेयर सिंहले गरे उद्घाटन

MadhesKhabar

तीजकाे दर खाने दिन आज

MadhesKhabar

गढीमाई दर्शन गर्न जाने भक्तजनहरुका लागि निःशुल्क बस सेवा सञ्चालन

MadhesKhabar

Leave a Comment