Madhes Khabar
धर्म/संस्कृति

महाेत्तरीमा हिन्दुहरुले निकालेकाे कलश यात्रामा दुई समुहबिच झडप

धनुषा,५फाल्गुन: महोत्तरीको सम्सी गाँउपालिका वडा नम्बर २ पर्सामा महावीरी झण्डा मेलाकाे लागि निकालिएको कलश यात्राका क्रममा दुई फरक धर्मका समूहबीच झडप भएको छ ।

कलश यात्राका क्रममा ठूलो स्वरमा डिजे बजेको भन्दै विरोध गरिरहेका मुस्लिम र कलश यात्रामा सहभागी हिन्दु समुदायबीच विवाद चर्कदै जाँदा एकापसमा ढुङ्गा हानाहान भएर झडप भएको स्थानीय प्रत्यक्षदर्शीले बताए।

झण्डा मेलाको कलश यात्राका क्रममा दुई समूहबीच झडप हुँदा प्रहरीले ४ राउन्ड गोलीसमेत चलाएको छ ।

झडप नियन्त्रणमा लिन हवाई फायर गर्नु परेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवले बताए । झडपका क्रममा दुवैतर्फ केही व्यक्तिसहित एक प्रहरीपनि घाइते भएको उनले बताए ।

झडपका क्रममा वडाध्यक्षाे मोटरसाइकलमा आगजनीसमेत गरिएको छ । अवस्था बिग्रिन नदिन घटनास्थलमा ठूलाे संख्यामा प्रहरी खटाइएको छ ।

Related posts

आज वसन्त पञ्चमी,वीरगन्जमा पनि हर्षोल्लाशका साथ मनाइदैं सरस्वती पूजा

MadhesKhabar

राम जन्माेत्सवकाे उपलक्ष्यमा वीरगन्जको रामजानकी मन्दिरमा भाेलिदेखि २४ घण्टे अष्टयाम एंव धार्मिक अनुष्ठान

MadhesKhabar

विश्व कल्यण हेतु वीरगन्जमा श्री विष्णु महायज्ञ सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

MadhesKhabar

Leave a Comment