Madhes Khabar
धर्म/संस्कृति

अशोकवाटीकाको शीवपार्वती मठमा वडाध्यक्ष कानुले दिए सााउण्ड सिस्टम

वीरगन्ज,२१असारःवीरगन्ज महानगरपालिका वडा नम्बर १० को वडा कार्यालयले अशोकवाटिकास्थित शीवपार्वती मठलाई भजनकिर्तनका लाागि उपकरणहरु सहयोग गरेको छ ।

शीवपार्वतती मठमा हुने पूजापाठ र भजनर्कितनका लागि वडा कार्यालयले १ लाख रुपैयाँ मुल्यको साउण्ड सिस्टमसहितका उपकरणहरु सहयोग गरेको हो । शुक्रबार वडा कार्यालयमै वडा अध्यक्ष सुशील कुमार कानुले मठ व्यवथापन समितिका अध्यक्ष प्रमानन्द साह कानु र पूजारी महन्थ राजकुमार गिगरीलाई २५० वाटको एम्प्लिफायर १ थान, साउण्ड बक्स २ थान, माइक ४ थान र स्टेण्ड ४ थान हस्तान्तरण गरेका हुन् । त्यसअवसरमा वडा कार्यालयका सचिव पवन प्रधान, वडासदस्यहरु लगायतकोपनि उपस्थिती थियो ।

वडामा रहेका मठमन्दिरमा हुने पूजापाठ र भजनकिर्तनका लागि साउण्ड सिस्टम आवश्यक भएको भन्दै स्थानीयले माग गरेपछि वडा कार्र्यालयले ती उपकरणहरु खरिद गरेर उपलब्ध गराएको वडाध्यक्ष कानुले बताए ।

Related posts

जगरनाथपुर गाँउपालिकामा रहेका मठमन्दिरका साधुहरुलाई विद्युत

MadhesKhabar

विश्वप्रसीद्ध गढीमाई मेलामा मधेस सरकारले ५० लाख रुपैयाँ सहयोग गर्ने मुख्यमन्त्री सिंहको घोषणा

MadhesKhabar

यमपञ्चककाे पाँचाै दिन आज : मधेसमा `भईया दुज´ र पहाडमा `भाइ टीका´

MadhesKhabar

Leave a Comment