Madhes Khabar
धर्म/संस्कृति

राम मन्दिर उद्घाटनका दिन पोखरीयामापनि माछा,मासु र मदिरा निषेध, दिपावली मनाउन आह्वान

फाइल फोटो : पोखरिया नगरपालिकाको कार्यालय

वीरगन्ज,७माघ : भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको उद्घाटनसंगै प्राण प्रतिष्ठाको उत्सव नेपालमापनि मनाइरहदाँ पोखरीया नगरपालिकामापनि सोमबार माछा,मासु र मदिराको बिक्रीवितरणमा रोक लगाइएको छ । पोखरिया नगरपालिकाले एक सूचना जारी गरेर माघ ८ गते सोमबार नगरपालिकाभर माछा,मासु र मदिराको बिक्रिवितरणमा रोक लगाएको हो । साथै सोमबार नगरपालिकाका घरघरमा दीप प्रज्वलित गरी दिपावली मनाउनपनि नगरपालिकाले आग्रह गरेको छ ।

पोखरीया नगरपालिकाका मेयर प्रधुमन चौहानको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तवले आइतबार एक सार्वजनिक सूचना जारी गर्दै अयोध्यामा नवनिर्मित राम मन्दिरको उद्घाटन तथा प्राण प्रतिष्ठा हुने भएकाले त्यसैलाई लक्षित गरी माघ ८ गते सोमबार नगरपालिका भित्र कुनै पनि पशु, जीवको बध तथा मदिराको बिक्रिवितरण नगरिदन आग्रह गरेका छन् ।

यसअघि पर्साकै वीरगन्ज महानगरपालिकासंगै बहुदरमाई नगरपालिका , कालीकामाई , धोबीनी , पटेर्वा सुगौली , जगरनाथपुर गाँउपालिका लगायतका पालिकालेपनि सोमबार माछा,मासु र मदिराको बिक्रवितरणमा रोक लगाउने निर्णय गरिसकेका छन् ।

Related posts

नेपाली सेनाले पहिलो पटक छठी माईलाई दियो सलामी

MadhesKhabar

छठी माईलाई दिने अर्घको दउरा बाेकेर छठ घाटमा पुगे पूर्वमन्त्री यादव

MadhesKhabar

वीरगन्जमा कांग्रेसले आयाेजना गरेकाे कार्यक्रममा १२ सय बढी मुस्लिम धर्मावलम्बीले गरे इफतारी

MadhesKhabar

Leave a Comment