Madhes Khabar
धर्म/संस्कृति

वीरगन्जमा चित्रकला प्रदर्शनी आयोजना ,मेयर सिंहले गरे उद्घाटन

वीरगन्ज,९कार्तिकःवीरगन्जमा शुक्रबारदेखि दुई दिने चित्रकला प्रदर्शनीको आयोजना गरिएको छ । लायन्स क्लब अफ वीरगन्ज संस्कृति गोल्डले होटल बिन्दवासिनीमा आयोजना गरेको चित्रकला प्रदर्शनीको वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले उद्घाटन गरेका हुन् ।

चित्रकला प्रदर्शनीको उद्घाटन गर्दै वीरगन्ज महानगरका मेयर सिंहले नवप्रतिभाहरुको कला र सृजनालाई महानगरपालिकाले प्रोत्साहित गर्ने बताए । उनले नेपालको लोक,कला,संस्कृति र मौलिक पहिचानलाई यस्ता चित्रकला प्रदर्शनीले देश विदेशमा अझ धेरै प्रचारप्रसार गर्ने बताए । साथै यसले विभिन्न जातजाति,धर्म र समुदायबिचको पारस्पारिक सम्बन्धलाई थप मजबुत बनाउनमा टेवा पुर्याउनेपनि उनले बताए ।

शनिबारसम्म चल्ने उक्त चित्रकला प्रदर्शनीमा वीरगन्जका विभिन्न क्याम्पस र विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले कोरेका चित्रहरु प्रदर्शनका लागि राखिएको छ ।

लायन्स कल्ब अफ वीरगन्ज संस्कृति गोल्डकी अध्यक्ष रितिका जैसवालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा उद्योगपति अशोक बैद्य,भारतीय महावाणिज्य दूतावास वीरगन्जका महावाणिज्यदूत देवी सहाय मीना ,होटलका सञ्चालक राज नारायण जैसवाल ,रमेश अग्रवाल,डिएन अग्रवाल लगायतकोपनि उपस्थिती थियो ।

 

Related posts

मुस्लिम धर्मावलम्बीहरुले आज ईद पर्ब हर्षाेल्लासका साथ मनाउँदै

MadhesKhabar

चैती छठ पर्ब आजदेखि सुरु

MadhesKhabar

केपी ओलीले फेरि भने : भगवान् श्रीरामको जन्म पर्साको ठोरी मै भएको हो

MadhesKhabar

Leave a Comment