Madhes Khabar
धर्म/संस्कृति

केपी ओलीले फेरि भने : भगवान् श्रीरामको जन्म पर्साको ठोरी मै भएको हो

काठमाडौं,२३पुसःनेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भगवान् श्रीरामको जन्मभूमि नेपालकै ठोरी क्षेत्रमा भएको दाबी पुनः दोहो¥याएका छन्।

बुधबार काठमाडौंमा नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको ३५ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले शास्त्र र ऐतिहासिक तथ्यका आधारमा भगवान् श्रीरामको जन्मस्थान पर्साको वीरगन्जभन्दा पश्चिमपट्टी अर्थात ठोरी रहेको जिकिर गरेका हुन्।

‘शास्त्रले भन्छ, राम जन्मिएको ठाउँ वीरगन्जभन्दा पश्चिमपट्टी ठोरीतिर हो,’ अध्यक्ष ओलीले भने, ‘अहिले कसैले माडी भन्छन्, तर त्यसबेला माडी भन्ने ठाउँ नै थिएन, ठोरी नै थियो।’

आफ्नो दाबीलाई पुष्टि गर्न अध्यक्ष ओलीले पाँचौं शताब्दीमा नेपाल आएका चिनियाँ यात्री फाहियानको यात्रा विवरणको सहारा लिएका छन्।

उनले फाहियानले सन् ४३५ मा लेखेको यात्रा वृत्तान्तमा दक्षिण एसियाको भ्रमण गर्दा रामग्राम र राम जन्मभूमिको वर्णन गरेको उल्लेख गरे।

‘पाँचौं शताब्दीमा फाहियानले नेपाल, भारत लगायतका देश घुमेर फर्केपछि लेखेको किताबमा रामग्राम र राम जन्मभूमिको वर्णन छ,’ ओलीले भने, ‘चिनियाँ जिब्रोले ठोरी भन्न नसकेर ‘लोरी’ वा ‘लोली’ भनेको पाइन्छ। त्यही लोली (ठोरी) नै मुख्य ठाउँ थियो।’

अध्यक्ष ओलीले आफूले कुनै देशको विरोध वा समर्थनमा नभई शास्त्रहरूको अध्ययनबाट प्राप्त ऐतिहासिक तथ्यका आधारमा यो कुरा बोलेको स्पष्ट पारे।‘मैले राजनीति गरेको होइन, आफैंले शास्त्रहरूको अध्ययन गर्दा प्राप्त गरेको ऐतिहासिक तथ्य राखेको हुँ,’ उनले भने।

विगतमा प्रधानमन्त्री हुँदा पनि अध्यक्ष ओलीले अयोध्या नेपालकै ठोरीमा पर्ने अभिव्यक्ति दिएपछि नेपाल र भारतमा तरङ्ग पैदा भएको थियो।बुधबारको सम्बोधनमा उनले पुनः सोही विषयलाई पुनः उठान गरेका हुन्।साभारः नागरिक

Related posts

आज विश्वकर्मा पूजा : भगवान विश्वकर्माको पूजा आराधना गरि धुमधामकासाथ मनाईंदै

MadhesKhabar

आज मधेसी समुदायमा भइया दुज पर्ब मनाइदैं

MadhesKhabar

नेपालमै पहिलो पटक वीरगन्जमा निकालियो नवदुर्गा भवानीको १ सय ५१ मिटर लामो ‘चुनरी यात्रा’

MadhesKhabar

Leave a Comment