Madhes Khabar
धर्म/संस्कृति

सामाजिक सञ्जालमा हिन्दुलाई गाली बेइज्जती गर्नेहरुलाइ कारबाही गर्न हिन्दु समाजको माग

वीरगन्ज१७ माघ:हिन्दु समाज वीरगन्जले सामाजिक सञ्जाल फेसबकु र टिकटकमा हिन्दु धर्मलाई लक्षित गरेर अश्लिल शब्द प्रयाेग गरी गाली बेइज्जती गरेर धार्मिक सद्भभाव भड्काउने तत्वहरुलाइ कारबाहीको माग गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालमार्फत गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापन पत्र बुझाएकाे छ।

सदियाैंदेखि शान्तीपूर्वक मिलेर बस्दै आएका हिन्दु र मुस्लिम समुदाय बीच आपसी द्वन्द्व फैलाउने र सामाजिक सद्भावलाई बिथोल्ने नियतले केही तत्वहरु सामाजिक सञ्जालमा सक्रिय भएको भन्दै हिन्दु युवा सामजले चिन्ता व्यक्त गरेको छ।

सामाजिक सञ्जाल फेसबकु र टिकटकमार्फत भ्रम फैलाउने, हिन्दु धर्मलाई निसाना बनाई गाली बेइज्जती गर्ने कार्य भइरहेकाे भन्दै हिन्दु समाजले त्यस्ता व्याक्तिहरुकाे पहिचान गरी कारबाही गर्न माग गरेको हो ।

 

जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउन गएको टाेलीमा हिन्दु समाजका राजा गुप्ता , सागर सरार्फ,श्याम रौनियार ,सौरभ पटेल ,ओमप्रकाश गुप्ता,प्रज्वल डंगोल ,विशाल गुप्ता ,सोनु पटेल,कृष्ण चौरसिया,राजन साह,विजय साह लगायतकाे सहभागीता रहेको थियो ।

Related posts

वीरगन्जमा दसैं मेला : जाने हैन त जलेबी खान ?

MadhesKhabar

आज नाग पञ्चमी पर्ब : के छ शास्त्रीय मान्यता ?

MadhesKhabar

चैती छठ पर्व : आज खरना

MadhesKhabar

Leave a Comment