
काठमाडौं,८कार्तिकःदाङमा ८ वर्षियाका एक बालिकालाई बलात्कार गरेको आरोपमा दुई जना सशस्त्र प्रहरी पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा दाङको २९ नंबर ज्वालामाई गणमा कार्यरत सशस्त्र प्रहरी सहायक हवल्दार भरत रोका मगर र सशस्त्र प्रहरी जवान रेवन पचभैया मगर रहेका छन् ।
गत असोज २४ गते पिङ खेल्न आएकी ८ वर्षीया बालिकामाथि उनीहरुले बलात्कार गरेको आरोप लागेको छ ।बलात्कारको आरोप लागेपछि सशस्त्र प्रहरीकै टोलीले अनुसन्धान गर्न भनेर दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय दाङमा बुझाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता तथा सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।साभारः अनलाइनखबर

