Madhes Khabar
समाचार

वीरगन्जका बरिष्ठ पत्रकार गौतमलाई “सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कार” प्रदान

वीरगन्ज,११चैतः यसवर्षको “सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कार–२०८२” पुरस्कार बरिष्ठ पत्रकार ईश्वरचन्द्र गौतमलाई प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ पर्सा शाखाले शाखाका पूर्वअध्यक्ष समेत रहेका गौतमलाई उक्त पुरकार प्रदान गरेको हो ।

बुधबार आयोजित कार्यक्रममा पर्सा क्षेत्र नम्बर २ का सांसद हरि पन्तले उक्त पुरस्कार गौतमलाई प्रदान गरे ।पत्रकारितामा व्यावसायिकता, विश्वसनीयता तथा संस्थागत सुदृढीकरणमा पु¥याएको उल्लेखनीय योगदानको कदरस्वरूप उनलाई उक्त पुरस्कार प्रदान गरिएको नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनालले बताए।

खनालको अध्यक्षता तथा सांसद पन्तको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारी , पूर्वसचिव दिपेन्द्र चौहान, मधेस प्रदेश अध्यक्ष श्याम बन्जारा, पर्सा शाखा सदस्यहरू राहुल गुप्ता लगायतकाको पनि उपस्थिती थियो ।

Related posts

पर्सामा एक महिनामै ६७ घरेलु हिंसाका उजुरी, अधिकांश मिलापत्रमार्फत टुंगिए

MadhesKhabar

मौलिक अधिकार माग गर्दै सुकुम्बासी बालबालिका सडकमा

MadhesKhabar

वीरगन्जमा सशस्त्र प्रहरीद्धारा ११ हजार ६८ पिस नाईट्राभेट ट्याब्लेट बरामद

MadhesKhabar

Leave a Comment