Madhes Khabar
समाचार

बारामा ब्राउन सुगरसहित एक भारतीय पक्राउ

वीरगन्ज ,१४बैशाख : बाराकाे अमलेखगञ्जबाट प्रहरीले ठूलो परिमाणमा लागू ओैषध खैराे हेराेइनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेकाे छ ।

प्रहरीले २ सय ग्राम खैराे हेराेइनसहित भारतकाे उत्तर प्रदेशकाे गाेरखपुरका ६० वर्षिय सन्ताेष त्रिपाठीलाई बिहीबार दिउँसो पक्राउ गरेकाे हाे ।

वीरगन्जबाट काठमाडौं जाँदै गरेकाे ना १ ज २०८६ नम्बरको टाटासुमाे प्रहरीले अमलेखगञ्जमा राेकेर चेकजाँच गरेकाे थियाे । त्यसक्रममा उक्त टाटासुमाेमा यात्रुका रुपमा सवार त्रिपाठीकाे शरीर खानतलासी गर्दा उनले दुवै खुट्टामा लुकाएर राखेकाे २/२ पाेका गरि ४ वटा पाेकामा रहेकाे २ सय ग्राम खैराे हेराेईन बरामद भएकाे बाराका प्रहरी उपरीक्षक हाेविन्द्र बाेगटीले जानकारी दिए ।

उक्त टाटासुमाे र त्यसका चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको बाेगटीले बताए ।चालककाे नाम भने प्रहरीले सार्वजनिक गरेकाे छैन ।

खैराे हेराेइन सहित पक्राउ परेका त्रिपाठी र टाटासुमाेका चालकलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेकाे बाेगटीले जानकारी दिए ।

Related posts

वीरगन्जमा सशस्त्र प्रहरीको गाडीले ठक्कर दिदाँ मोटरसाइकल चालक गम्भीर घाइते

MadhesKhabar

वीरगन्ज महानगरको सम्पदा व्यवस्थापन उपसमिति संयोजकमा पटेल मनोनित

MadhesKhabar

मौन अवधीमा हुन सक्ने चलखेल रोक्न संयुक्त सुरक्षा गस्ती गर्ने निर्णय-प्रजिअ दाहाल

MadhesKhabar

Leave a Comment